रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर एक भारतीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शुक्रवार डुबेर बेपत्ता भएका भारतीय युवकको शनिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया निवासी शिवशङ्कर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शुक्रवार साँझ ७ बजे साह नदीमा डुबेर बेपत्ता भएका थिए।