इलाम २ मा तीन हजार बढी मतले सुहाङको अग्रता ।

इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार सुहाङले १० हजार तीन मत प्राप्त गरेका छन् ।
त्यस्तै ६ हजार नौ सय ४४ मत सहित नेपाली कांग्रेसका उम्मेवार डम्बर बहादुर खड्काले पच्छ्याइरहेका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु पाँच जार पाँच सय ९१ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र
पार्टीका उम्मेदवार मिलन लिम्बुले एक हजार चार सय ४३मत ल्याएका छन् ।