उत्कृष्ट अनुसन्धान गरेको भन्दै एआईजीद्वारा डिएसपी गोविन्द पन्थी पुरष्कृत

निगरानी ब्युरो/काठमाडौँ । काठमाडौ उपत्यकाअपराध अनुसन्धान कार्यालयमा कार्यरत रहनुभएका प्रहरी नायब उपरीक्षक  (DSP ) गोविन्द पन्थीलाई उत्कृष्ट कार्यगरी संगठन कै छवि उच्च बनाएको भन्दै काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाद्धारा २०८१ बैशाख ३ गतेको निर्णयले उनलाई रेकर्डमा जनिने गरि नगद पुरस्कारबाट पुरस्कृत गर्नु भएको छ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको पिलर न. ८ मा कार्यरत रहेका डिएसपी पन्थीले भिजिट भिसाको आधारमा मानव तस्करीमा सङ्लग्न दलाल, कन्सल्टेन्सी, ट्राभल र अध्यागमन अधिकृत सम्मलाई कानुनी दायरामा ल्याई मानव तस्करीको जालो तोडेनु भएको थियो ।

भिजिट भिसा सम्वन्धी अध्यागमन बिभागको १७ बुदे मापदण्डलाई देखाएर कर्मचारीले बेरोजगार युबायुबती सँग नाजायज फाइदा लिएको अनुसन्धानबाट खुले पछि गृहमन्त्रालयले  मापदण्ड नै संसोधन गरि ६ बुदा बनाएको थियो ।

डिएसपी  पन्थी यस भन्दा अगाडी पनि Police  of the month को उपाधी बाट सम्मानित हुनु भएको  थियो । मानव बेचबिखनको क्षेत्रमा काम गर्ने अन्तरास्ट्रिय संस्था KIN INDIA ले सन् २०२३ मा मानव बेचबिखन नियन्त्रणमा सर्बोत्कृस्ट कार्य गरेको भन्दै अन्तरास्ट्रिय अवार्ड समेत प्रदान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीको नेतृत्वमा रहेको टोलिले वैदेशिक रोजगारमा जाने वेरोजगार युबा-युवतीलाई ठगी गर्ने कार्यमा सङलग्न करिव २५० भन्दा बढीलाई कानुनी दायरामा ल्याई करिव २२ सय भन्दा बढी पिडितलाई राहत दिदा प्रहरी संगठनको इमेज बढाउन सफल भएका थिए ।

डिएसपी पन्थीको कमान्डमा रहेको टोलिले भिजिट भिसा मार्फत संगठित रुपमा मानव तस्करी गर्ने दलाल, ट्राभल , कन्सल्टेन्सी र अध्यागमन अधिकृत सहितलाई कानुनी दायरामा ल्याउदा अध्यागमन अधिकृत सहित्न ८ जना अहिले पनि पुर्पक्षका लागि थुनामा छन् ।

डिएसपी पन्थी कार्यरत रहेका जुनसुकै स्थानमा जनताबाट वाहीवाही हुने गरि कार्यसम्पादन गरिरहनु भएको छ । अपराधिक कार्यमा लाग्नेहरुको लागि आँखाको कसिङ्गर जस्तै हुँदै आएका छन् । जसको कारण बेलाबेला उनलाई निरुत्साहित पार्न तस्करहरुले दु:ख समेत दिदा पनि उहाँ आफ्नो ब्यावसायिक यात्रामा अनबरत रुपमा लागि परिरहनु भएको छ । फलस्वरूप संगठनबाट पटक पटक पुरस्कृत हुदै आउनु भएको छ  ।

डिएसपी पन्थीको एक परिचय :-

२०३१ फागुन १६ गते गुल्मीको भनभने गा.वि.स. २ (हाल मदाने गाउँपालिका ७)मा पिता सोभाखर पन्थी र माता निमाकुमारी पन्थीको पाँचौ सन्तानका रुपमा जन्मिनुभएका डिसपी पन्थीका दुई दाजुहरू र दुई दिदीहरू हुनुहुन्छ ।
त्यसमध्ये जेठो दाइले निजामती कर्मचारीमा अवकाश प्राप्त गरेर बसिरहनुभएको छ भने माइलो दाइ नर्वेजियन युनिभर्सिटी साइन्स एण्ड टेक्नोलोजीमा प्रोफेसर हुनुहुन्छ । दुई दिदीहरू विवाहपछि आफ्नै घरायसी काममा व्यस्त हुनुहुन्छ ।

डिएसपी पन्थीले गुल्मी रेसुङ्गा नगरपालिका ७ का मित्र लाल मरासिनी र लक्ष्मी मरासिनीको दोस्रो सन्तानको रुपमा जन्मिनुभएकी शारदा मरासिनी सँग बिं.सं. २०६० सालमा विवाह गर्नु भएको हो । उहाँको एक छोरा गौरव र छोरी स्मृति अद्ययनरत छन् भने श्रीमती शारदा नेपाल सरकारको अधिकृत हुनुहुन्छ । पढाइमा औसत पन्थी पहिलो भने कहिले पनि हुनु भएन् । दोश्रो सम्म भने प्राय भइरहने उहाँले कक्षा सात सम्मको पढाइ भनभने स्थित दिपक निमाविमा गर्नुभएको हो भने १० कक्षासम्म पृथ्वी मा. बि. पुर्काेटदहमा गर्नु भएको हो । उहाँले बिं.सं.  २०४७ सालमा एसएलसी पास गर्नुभएको थियो। तत्पश्चात पन्थी काठमाडौं आई  नेपाल ल क्याम्पसमा भर्ना हुनुभयो ।

प्रहरी बन्ने सोच उहाँमा पहिले देखि नै आएको भने होइन । उहाँ वकिल वा न्यायाधीश बन्ने ध्येयमा हुनुहुन्थ्यो । बिं.सं. २०५१ सालमा प्रहरी सहायक निरीक्षक पदका लागि ख्यालख्यालैमा परीक्षा दिनुभएको उहाँ पास भएपछि जागिर खाने वा नखाने सोचमा पर्नुभयो । घरमा त्यतिबेला सम्म प्रहरीमा जागिर खाने उहाँको साखा सन्तान कोही पनि नभएकाले दाजुको सल्लाहमा उहाँ प्रहरीमा भर्ना हुनुभएको हो ।

बिं.सं. २०५१ भदौ १६ गते प्रहरीमा जुनियर प्रहरी अधिकृतको रुपमा नियुक्त हुुनुभएको पन्थीको पहिलो पोस्टिङ बिं.सं. २०५२ फागुनमा बैतडीमा भएको थियो । तर उहाँ बैतडी भन्दा पनि काजमा रुपन्देहीमा बस्नुभयो । बिं.सं.२०५३ सालमा बैतडी पुगेर ६ महिना बस्दा त्यहाँका मदिरा सेवन गरेमा ३ हजार जरिवाना तोकिएको रहेछ। कानुन सबैलाई बराबर लागू हुनुपर्छ भन्ने मान्यता बोकेका पन्थीले त्यतिबेला त्यो कानुन निरीह मा मात्र लागू भएको देख्नु भयो। त्यतिबेला त्यहाँका खानदानी ७ जना लाई मदिरा सेवन गरीरहेको बेलामा रंगेहात पक्राउ गरी कानुनी दायरामा ल्याउनु भएको थियो ।

ठकुरीहरूको दबदबा रहेको क्षेत्रमा मादक पदार्थ सेवन गरेकोमा उनीहरूलाई पक्राउ गरेर लैजाँदा प्रमुख जिल्ला अधिकारी नै अचमित हुँदै उहाँहरू लाई किन ल्याएको भन्दै डिएसपीलार्ई खबर गरेकोमा पछि पक्राउ पर्नेहरूले नै हामीले नै नियम बनाएको र हामीले नै नियम तोडेका ले अब हामी अन्य लाई हुने भन्दा थप ५०० जरिवाना तिर्छाै भनेपछि ३५०० जरिवाना तिराएर छाडिएको थियो । त्यसरी उच्च खानदान वर्ग लाई पन्थीले समातेर कानुनी दायरा मा ल्याएपछि राजाहरू लाई समेत समात्ने प्रहरी अधिकृत कस्तो रहेछ्न भन्दै गाउँ गाउँ बाट मानिस पन्थी लाई हेर्न आएको मा उहाँ अचम्मित हुनु भएको रहेछ।

त्यसपछि सरुवा भएर नवलपरासीमा आउदा त्यहाँ पनि निकै नै रमाइलो घटना भयो । कसैलाई नियन्त्रण मा लिँदा ट्रक व्यवसायीले हडताल गरेर राजमार्ग नै बन्द गरीदिए र त्यतिबेला असइ पन्थीको सरुवा नभएसम्म हडताल नरोक्ने अडान राखे । पूर्व पश्चिम राजमार्ग नै बन्द भएपछि प्रहरी कार्यालय ले उनलाई पर्वत सरुवा ग¥यो ।

जब व्यवसायीको हड्तालले पन्थीको सरुवा भयो भन्ने स्थानीयले जानकारी पाए त्यसपछि स्थानीय बाट पन्थी पहिला रहेकै स्थान दुम्किबास नफर्के सम्म भन्दै अनिश्चितकालिन राजमार्ग बन्द गरे। स्थानीयले उही पन्थी चाहियो भनेर माग गरे । तत्पश्चात पन्थी को सरुवा रद्द गरी उहाँलाई यथाबत कायम गरियो। उहाँको  बिं.सं.२०५६ सालमा काठमाडौंको सुगम स्थान मा सरुवा भयो तर स्वाभिमानी स्वभावका उहाँलाई त्यस्ता ठाउँमा राख्ने कुरै भएन उहाँको इलाका प्रहरी कार्यालय गोटिखेल, टुंगुन काज गरियो जहाँ माओवादी द्वन्द्व प्रभावित एरिया भएको ले मासिक १५०० भत्ता समेत हुन्थ्यो। उहाँले रमाएर स्थानीय को सहकार्यमा काम गर्नुभयो ।

जिल्ला प्रमुखसँग कुरा नमिले पछि उहाँको इलाका प्रहरी कार्यालय सिमरा बारामा सरुवा भयो। त्यहाँ पनि पन्थीलाई माओवादी प्रभावित क्षेत्र फत्तेपुर चौकी प्रमुख बनाएर पठाइयो त्यहाँ आफ्नो व्यवसायिक काम गर्नुभएका पन्थीले माओवादीको आक्रमण गर्ने सूचना जनता बाट पाएपछि माथिल्लो निकायमा खबर गर्नुभयो । तर माथिबाट गम्भीर रेस्पोन्स भएन । तर स्थानीयहरूले भने पन्थीको नेतृत्व मा रहेको चौकी को सुरक्षा गर्न भन्दै चौकीमा जम्मा भै माओवादी को प्रतिकार गर्नका लागि प्रहरी चौकी आइपुगे ।

त्यो सूचना माओवादीले पाए पछि १० दिन को अल्टिमेटम दिएर आधार क्षेत्र बानाएरै छाड्ने भन्दै आक्रमण नगरी फर्कन पुगे । त्यस घटनालाई जनताले साथ दिए जस्तोसुकै घटना पनि जनताले चाहेभने रोक्न सक्छन भन्ने उदाहरणका रुपमा लिनुहुन्छ डिएसपी पन्थी ।

त्यतिबेला असई पन्थीको बिं.सं. २०५८ सालमा प्युठान रहँदै बढुवा भयो र पर्वत पोस्टिङ् हुन पुग्यो। जहाँ गए पनि जनतासँग नजिक रहेर काम गर्ने स्वभावका पन्थीलाई पर्वतका जनताले अहिले पनि निकै सम्झिन्छन् । बिं.सं. २०६० सालमा काठमाडौं आएपछि तत्कालीन एसपी राजेन्द्र सिंह भण्डारी (हाल अवकास प्राप्त एआइजिपी) कमाण्डमा रहेर काम गर्ने अवसर पाएका पन्थीले तत्कालीन अख्तियार प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको सहकार्यमा ठूला ठूला ओहदाका मानिसलाई कारवाही गर्ने समूहमा काम गर्ने मौका पाउनुभएको थियो ।

पन्थीले राष्ट्रिय सभाको प्रमुख सचेतक शुक्र बहादुर लिम्बु, सांसद जीवन सिंहलगायतलाई रातो पासपोर्ट मुद्दा मा कारवाही गर्नुभयो । बिं.सं. २०७० साल मा निरीक्षक मा नियुक्त भए पछि उहाँले अर्घाखाँची मा संसदीय निर्वाचन सफलता पूर्ण सम्पन्न गर्नु का साथै मसिनेको लेकमा विमान दुर्घटना हुँदा उहाँकै पहलमा हवाइजहाज पत्ता लागाएर चर्चा पाउनुभएको थियो । त्यस्तै कर्तव्य ज्यानका अपराधी जोगी बनेर गुल्मीको ऋणि मन्दिरमा पुजारी बनेर बसेकोलाई समेत नियन्त्रणमा लिएर वाही वाही को पात्र बन्नुका साथै प्रहरीले चाहेमा जहाँबाट पनि जहिले पनि समात्छ भन्ने कुरा पुष्टि भएको थियो ।

उहाँ गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रम गरेर स्थानीय को आँखाको नानी बन्न समेत सफल हुनु भएको थियो । त्यसपछि अपराध महाशाखामा २०७१ सालमा प्रहरी निरीक्षक को रुपमा काम गर्नुभयो । त्यतिबेला म्याच फिक्सिङ, पेट्रोल पम्पमा मिटर बिगारेर राख्ने, वैदेशिक ठगी, कन्सल्टेन्सी बाट ठगी गर्ने उपर निर्दयी भएर कारबाही गर्दा नै तत्कालीन एसएसपी सर्बेन्द्र खनाल पन्थीको व्यवसायिकताबाट प्रभाबित बन्नु भयो। त्यसपछि प्रहरी प्रभाग पुल्चोकमा पोस्टिङ भएकापन्थी लाई फेरि फसाउन प्रयत्न गरियो ।

कारण थियो उनको स्वाभिमान स्वभाव । घटना थियो आफ्नै पार्टनरलाई पैसा उठाउने निउमा निजको श्रीमती सुनिता डंगोललाई बन्धक बनाइएको घटना । श्रीमती बन्धक भए पछि उनका श्रीमान डराइ डराइ पन्थी रहेको प्रभाग मा आए । डराउनुको कारण थियो बन्धक बनाउने व्यक्ति उच्चपदस्थ व्यक्तिसँग हिमचिम भएका र पन्थी का समेत चिनजानका साथी । तर व्यवसायिक छवि बनाएका पन्थीले उनका कुरा राम्रो सँग सुने । कुरा सुन्दा गैर कानुनी कार्य देखे र उनले आफ्नो साथीलाई कानुन सम्झाए तर उनले त्यस्लाई बेवास्था गर्दा पन्थी ले कानुन बमोजिम कारबाही को दायरामा आफ्नै साथी लाई पनि ल्याउन कन्जुस्याइँ गर्नुभएन र आफ्नो कर्तव्य नभुली अभियुक्त लाई पक्राउ समेत गर्नुभयो ।

धुर्त अभियुक्त जो प्रहरी को उच्च पदस्थसँग समेत राम्रै हिमचिम राख्दथे । उनी २५ दिन को हिरासत बसेर पीडितलाई होस्टाइल गराएर छुटेर पन्थी लाई बदला लिन कस्सिएर लागे र साम दाम सबै अपनाएर काल्पनिक कुरा गुथेर अधिकारीहरू लाई प्रभावमा पारेर पन्थी को जागिरै खाने कसम खाएर तत्कालीन महानिरीक्षक प्रकाश अर्याल लाई प्रभावमा पारेर सबै चाजोपाजो मिलाएर नियोजित रुपमा उजुरी हाल्न पुगे। त्यसपछि पन्थीलाई एकाएक हेडक्वाटरको उजुरी छानविन शाखाबाट फोन आयो ।

जाँदा तपाईलाई यही राख्ने आदेश छ भनेर गणमा पठाइयो र उनलाई १४ दिन सम्म गणबाट बाहिर समेत आउन दिइएन। बाहिर निस्कन नदिए पछि फेसबुकमा उहाँले ‘कानुन सबैका लागि समान रहने कानुन को विद्यार्थी भएकोले आफूले पढेको र त्यही कार्यान्वयन गरेको त्यसो गर्दा आफ्ना र अरुका लाई छुट्टै कानुन नहुने, तर त्यो सायद भ्रम रहेछ १ ठूलाबढा लाई छुट्टै कानुन हुने रहेछ त१ आफूलाई सुनुवाइ को समेत मौका नदिएर निलम्बनको पत्र गृहमा गएको खबर सञ्चारमाध्यमबाट थाहा पाउँदा संगठन प्रति नै दया लाएर आयो ।

पुल्चोक रहँदा बस्दा कसैसँग गलत कार्य गरेको प्रमाणित कसैले गर्छ भने जागिर त के फाँसीमा चढ्न समेत तयार छु’ भन्ने कडा स्टाटस लेख्नुभयो । स्टाटसको देशव्यापी बहस हुन पुग्यो भने पुल्चोक र पाटनका विद्यार्थी ले पन्थी को सपोर्टमा जुलुस निकाल्ने तयारी थाल्दा गृहबाट छानबिन समिति गठन भै उहाँलाई अनाहकमा कारबाही गर्ने उपर कारबाही गरी नतिजा जाहेर गर्नु भनी मन्त्रालय ले प्रधान कार्यालय लाई पत्राचार गरेपछि संगठन मै तरंग ल्याउन पुग्यो र पन्थीलाई राष्ट्रपतिबाट पुरस्कार प्रदान गरियो। पछि पन्थीलाई आइजिपी सर्बेन्द्र खनालले प्रहरीको मुटु मानिने कर्मचारी प्रशासन शाखामा लगेर राख्दा पन्थीले आइजिपीको सुधार योजनामा दरिलो साथ दिनुभयो । फलतः तल्लो स्तरको प्रहरी कर्मचारीको आँखाको नानी बन्न पुग्नु भयो पन्थी।

त्यसपछि उहाँ प्रहरी प्रभाग साँखु जानुभयो । साँखु शहरमा भएपनि अलि विकट जस्तै थियो । त्यहाँ कोरोनाको समयमा जनताको स्वास्थ्यका लागि काम गर्नुभएका उहाँले एकै वर्षमा पाँच वटा पुरस्कार पाउनुभयो । सायद स्थानीय तहबाट ठूलो धनराशीको पुरस्कार सहित प्रशंसापत्र पाउने पन्थी नै नेपाल प्रहरीको पहिलो अधिकारी हुनुहुन्छ । त्यहाँ छँदा एउटा सामान्य क्लुबाट अनुसन्धान गर्नुभएको उहाँले बीच बजारमा मध्यराति मानिसलाई हानेर भागेको एउटा ट्रकलाई नाकाबन्दी गरेर समात्नुभएको थियो । भने महिलालाई लुटेर भागेको लुटेरालाई उहाँकै नेतृत्वले जनतासँग सहकार्य गरेर पक्राउ गर्न सफल भएको थियो।

यसरी हाल उपत्यका अपराध अनुसन्धान महाशाखाको पिल्लर ८ सम्हाल्न आइपुग्नुभएका डिएसपी पन्थीले वैदेशिक रोजगारीका नाममा ठगीमा परेकाहरूको उद्धार गरी पिडित युवा युवतीलाई राहत दिन दत्त चित्त हुनुभएको छ ।
पछिल्लो समय नक्कली कागजात बनाउने गिरोह नै पत्ता लगाएर कारखानाको पहिचान गरी ठूलो मात्रा मा कारबाही हुँदै आएको छ ।

डिएसपी पन्थीलाई अवसर दिने काम हाल उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले दिनु भएको हो । उहाँ संगठनमा एक व्यवसायिक र काबिल अधिकृतको रुपमा दर्ज हुनुहुन्छ । एसएसपी सोमेन्द्र सिंह कै कमाण्डको टोलीले उपत्यका को सुरक्षा चुस्त र दुरुस्त राख्न सफल देखिन्छ ।

फौजी संगठन नेपाल प्रहरीमा माथिबाट आएको आदेशलाई पालना गर्नै पर्ने बाध्यता हुन्छ । तै पनि कतिपय समय डिएसपी पन्थीले आदेश भन्दा पनि प्रहरीको कर्तव्यलाई माथि राख्दै आउनुभएको छ । जसका कारण बेला बेला उहाँलाई समस्यामा पार्ने गर्दा पनि उहाँ समस्यामा पार्नेको विरुद्ध स्वाभिमान पूर्वक भिड्दै असत्यलाई असत्य नै साबित गर्न सफल हुनु भएको छ।

अहिलेको परिवेशलाई हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने अधिकांश आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी र दलाल बाट ठगिने गरेका छन् । यो क्रम बढ्दो छ ।
वैदेशिक रोजागर विभागका अनुसार आ.व. बिं.सं. २०७८÷७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परे भनेर आउने उजुरी सबैभन्दा बढी संस्थागततर्फका भए पनि ठगीको रकम तुलना गर्दा व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । व्यक्तिगत रूपमा हुने ठगी मा युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको कारण यस्ता अपराध नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले मात्र नसक्ने भए पछि उपत्यका अपराध अनुसंधान कार्यालयले पिलर ८ स्थापना गरी यी मुद्दा को अनुसन्धान गर्दै आएको डिएसपी पन्थी बताउनुहुन्छ । उहाँको अनुसार महिनामा औसतमा विभागबाट १०० पक्राउ पुर्जी आउने र विभागले वैदेशिक लेखेको बाहेक उजुरी नलिइदिने हुँदा आफूहरूले पीडित का प्रमाण समेत खोजिदिइ प्रमाण जुटाएर उजुरी लिने गर्दा कम्तीमा १० उजुरी दैनिक आउने र पीडितको समस्या राज्यका कुनै न कुनै निकायले हेरिदिनुनै पर्ने उहाँ बताउँनु हुन्छ।

म्यानपावर संस्था, कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको घटनाहरूमा पछिल्लो समय आफूले अनुसन्धान गरीरहेको उहाँको भनाई छ । खाँडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगीमा परेकाको संख्या पनि ठूलो छ ।

वैदेशिक रोजगारीका नाममा ठगिनेहरूका लागि न्याय दिलाउन हरपल लागिपरिरहनु भएका डिएसपी पन्थी आफ्नो अवकाश पछि कानुन को विद्यार्थी रहेको हुँदा अधिवक्ता बनेर पीडितको सेवा गर्ने र सामाजिक कार्य गर्ने उद्देश्यमा हुनुहुन्छ । यसका लागि उहाँले भित्री तयारी पनि गरिसक्नुभएको छ ।