कान्तिपुर मुख्यालयबाटै पक्राउ परे मालिक सिरोहिया

काठमाडौं । कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेका छन् । उनी कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाटै पक्राउ परेका हुन् ।

नागरिकता किर्ते कसुरमा सिरोहियाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको थियो । धनुषा प्रहरी कार्यालयले उनीविरुद्ध आज अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

कान्तिपुर मिडियाले सत्तापक्षको स्वार्थ र गृहमन्त्री रवि लामिछानेको कर्तुत बाहिर ल्याएकोमा प्रतिशोध साँधेर उलाई पक्राउ परेको बताएको छ । उनलाई आज नै धनुषा लगिने बताइएको छ ।