गुणस्तरीय शिक्षाको पर्याय समता कलेज

काठमाडौं । काठमाडौं बौद्ध स्थित समता कलेज  गुणस्तरीय शिक्षाको पर्याय भन्दा फरक नपर्ला ।   स्थापना भएको २३ वर्षदेखि समता कलेज मासिक १ सय शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

सस्तो र गुणस्तरीय शिक्षाको लागि  गतव्य हुन सक्छ समता कलेज । सामान्य आर्थिक तथा न्यून आएस्रोत भएका आमआम बिद्यार्थीहरुको लागि  सहज वाताबरण अध्ययापन गराउने हाम्रो उद्धेश्य रहेको कलेजका प्राचार्य भिष्म  ज्ञावाली बताउछन् । हामी संग अनुभव प्राप्त अध्यापकहरु छन् । हाम्रो  चाहाना न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिने हाम्रो धेय हो ।

बिगत २३ बर्षदेखि सस्तो र गुणस्तरीय शिक्षा दिदै आईरहेको समता स्कूल र कलेजले नेपालकै सस्तो शुल्कमा पठनपाठन गराउदै आईरहेको छ ।

निम्न र मध्यम आय भएकाहरूले राम्रो कलेजमा चियाउन समेत नसक्ने गरी चर्को शुल्क असुल्ने गरेको अबस्थामा पैसाकै कारण गुणस्तरीय शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस् भनी ‘सबैका लागि शिक्षा’ भन्ने मुल मन्त्रकासाथ समता स्कूलले विभिन्न संकायमा अध्यापन गराउँदै आएक छौ । हाल एसईईको नतिजा प्रकाशनसंगै काठमाडौको जोरपाटी, बौद्धमा अबस्थित यश समता कलेजले सिमित सिटका लागि कक्षा ११ मा भर्ना लिन सुरू गरेको बताउछन्  प्राचार्य ज्ञावाली ।

नेपाली तथा अङग्रेजी माध्यममा पढाइ हुने यस समता कलेजमा विज्ञान, मानबिकी, कानुन,  ब्यबस्थापन संकायको पढाइ हुने गरेको छ ।

समता स्कूलले शिक्षाबाट कोहीपनि बञ्चित हुन नपरोस् भनि देशका ७७ जिल्लामै शाखा पुर्याएर निम्न र मध्यम आए भएका अभिभावकको आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिने चाहानालाई पूरा गर्दै आईरहेको छ । यसका साथै समताका एसियाका दर्जनौ देशमा समेत शाखा रहेको प्राचार्य ज्ञवालीले बताए ।

समतामै अध्ययन गरेका दर्जनौ बिद्यार्थीले देशको विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा सेवा पुर्याउनुका साथै बिदेशका नाम कहलिएका बिश्वबिद्यालयमा समेत पढ्ने अवसर पाएका छन् ।

विद्यार्थीले समता रोज्नुपर्ने कारण यति मात्रै होइन। उत्कृष्ट विद्यार्थीहरुले छात्रवृत्ति पनि पाउने गरेका छन् । अझ समतामा पढेका कैयौँ विद्यार्थीहरुले विदेशमा पढ्ने छात्रवृति समेत पाएका छन् ।

आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकाले पनि समता विद्यार्थीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुन सक्छ।

समता कलेजमा कक्षा ११ देखि स्नातक  तहमा बिए बिबिएस देखि एमबिएस सम्मका कक्षाहरु  सञ्चिालित छन् ।  समतामा पढ्न चाहने विद्यार्थीहरुले कलेजको टेलिफोन ०१४५८९९५४ मा सम्पर्क गरेर बुझ्न सक्नुहुनेछ ।

 

 

Leave a Reply