चुरे पहाड तथा भावर क्षेत्रको जलाधारको अवस्था क्षयीकरण हुँदै

करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदी सम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पुर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ वटा जिल्लाहरुमा फैलिएको र कुल भू-भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ ।

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर  र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे हो र हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने र ३७ जिल्ला छुने यस क्षेत्रको कुल क्षेत्रफल  १८,९६,२५१ हेक्टर ९१२.७८५० रहेको छ।

जैविक विविधताले धनी रहेको यो क्षेत्र अव्यवस्थित बसोबास, अतिक्रमण, वन विनाश, अवैज्ञानिक भू-उपयोग, खेती प्रणाली, पशुपालनले गर्दा उच्च जोखिममा रहेको छ। नदी कटान, भू-क्षय, बाढी, पहिरो जस्ता प्रकोपहरू चुरे क्षेत्रको विशेषता जस्तै भइरहेको छ जसले गर्दा चुरे क्षेत्रको साथसाथै भावर र तराईमा बसोबास गर्ने ५०% भन्दा बढी  नेपालीले यसको डरलाग्दो परिणाम भोग्नु परिरहेको छ। चुरेको विनाशले उनीहरू प्रत्यक्ष रूपले वातावरणीय तथा आर्थिक जोखिममा रहेका छन्।

अधिकांश ठाउँमा तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रको भू-भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ । सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ ।

औलो उन्मुलन पश्चात चुरे तथा भावर क्षेत्रमा मानव वस्तिहरु विस्तार हुँदै गयो । तत्पश्चात आवादी र खेतीका लागि वन जंगल फाँड्ने क्रम क्रमशः बढेर गयो । वन फडानी वन पैदावारको अत्यधिक प्रयोग, खुला चरिचरन, अवैज्ञानिक भू-उपयोग आदि जस्ता कारणले यस क्षेत्रको जैविक विविधता तथा जमीनको उत्पादकत्वमा ह्रास आएको छ जसले गर्दा यस क्षेत्रको समग्र पारिस्थितिकीय प्रणालीमा नकारात्मक प्रभाव परेको छ ।

चुरे पहाड तथा भावर क्षेत्रको जलाधारको अवस्था क्षयीकरण हुँदै गएकाले तराई-मधेशमा थुप्रै वातावरणीय समस्याहरु देखा पर्दै जानुको साथै पानीको स्रोतहरु समेत सुक्दै गएका छन् । प्रायः बर्सेनी बाढीको प्रकोपले तराई मधेसका खेतीयोग्य जग्गामा बालुवा र पाँगो-माटो थुपार्ने तथा गाउँवस्तीहरु समेत कटान र डुबानले गर्दा प्रभावित हुने गरेका छन् ।

विभिन्न अगैस संस्थाहरूले चुरे क्षेत्रमा अध्ययन अनुसन्धानका कार्यहरू गरिरहेका छन्। नेपाल सरकारले आव २०६६/०६७ देखि पहिलो प्राथमिकतामा राखी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको थियो।

यस कार्यक्रमको चार वर्षको अनुभवलाई विश्लेषण गर्दा चुरे संरक्षण तथा व्यवस्थापन बहुसरोकारयुक्त, बहुववियक, अन्तरववियक बहुआयामिक र बहुक्षेत्रीय रहेको र यसको लागि  एकीकृत योजना तर्जुमा र कार्यान्वयनको खाँचो रहेको औल्याउँदै चुरेको पारिस्थितिकीय प्रणालीमा सन्तुलन कायम गरि माथिदेखि तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा टेवा पुर्याउने र नदीजन्य प्रकोपको न्यूनीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्यको साथ नेपाल सरकारले विकास समिति ऐन, २०१३ अन्तर्गत रहेर राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति (२०७१)गठन गरी वातावरण संरक्षण ऐन २०५३, बमोजिम नेपालको ३६ जिल्लाको चुरे अन्तर्गतको भू-भागलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरेको छ।

नेपाल सरकारको आफ्नै स्रोतबाट सुरू गरिएको यो कार्यक्रम हाल ३१ जिल्लाका विभिन्न नदी प्रणालीमा सञ्चालनमा रहेको छ  भने प्रत्येक वर्ष लगभग २ अर्बको हाराहारीमा बजेट विनियोजन भइरहेको छ। चुरेको दिगो व्यवस्थापनको लागि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले २० वर्षे ‘चुरे-तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना’ तयार पारेको छ जसलाई नेपाल सरकारले २०७४ साल जेठ ४ गते पारित गरेको थियो।

‘जुनसुकै पहाड भत्काए पनि विध्वंश तराईमै’

चुरेको भू-बनोट कमलो भएकोले मानवीय तथा भौगर्भिक कारणले पनि पहिरो तथा भूक्षय हुनेगर्छ । चुरेको नाजुक भू-बनोट, माटोको कमजोर प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा सघन वर्षा आदि कारणले अति संवेदनशील मानिने विज्ञहरू बताउँछन् । चुरेभन्दा माथिको महाभारत पर्वत श्रृङ्खलामा हुने गतिविधि पनि चुरे र तराई मधेससँगै जोडिने विज्ञहरूको भनाइ छ

वातावरणविद्, चुरेका अनुसन्धानकर्ता विजयकुरमार सिंह दनुवार सरकारले विरोधाभाषपूर्ण तर्क गरिरहेको बताउँछन् । ‘सरकारले सिद्धबाबा र त्यसमाथिको डाँडालाई काट्ने तयारी गरेको छ,’ उनी भन्छन्, ‘फेरि राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समितिले चुरेलाई छुने हैन भन्दैछ, यो पूर्ण विरोधाभाष कुरा हो ।’

विज्ञहरूका अनुसार भौगोलिक क्षेत्र हिमालय पर्वत शृङ्खलाको महाभारतदेखि दक्षिणी भागमा पूर्व-पश्चिम भई फैलिएररहेको होचो र कमलो पहाड हो, चुरे/शिवालिक । यो पहाड करिब चार करोड वर्ष पहिले गेगर थुपि्रएर भौगर्भिक दरारहरुको बीचमा बनेको अनुमान छ ।

चुरे क्षेत्र पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा -सुस्ता पूर्व नवलपरासीसमेत) फैलिएको छ । चुरे भूपरिधि प्राकृतिक र पारिस्थितिकीय प्रणालीअनुरुप विशेष र अन्यत्रभन्दा फरक र संवेदनशील मानिन्छ ।

चुरेको नाजुक भू-बनोट, माटोको कमजोर प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा सघन वषर्ा आदि कारणले अति संवेदनशील मानिने विज्ञहरू बताउँछन् । चुरे भू-बनोटको हिसाबले कमलो भएकोले मानवीय तथा भौगर्भिक कारणले पनि पहिरो तथा भू-क्षय हुनेगर्छ ।

तर, चुरेभन्दा माथिको महाभारत पर्वत श्रृङ्खलामा हुने गतिविधि पनि चुरे र तराई मधेससँगै जोडिने विज्ञ दनुवारको भनाइ छ ।
सरकारी निर्णयको बचाउ गर्न चुरे नछुने भनिए पनि व्यवहारमा फरक देखिने अवस्था आइसकेको उनको दावी छ । ‘चुरे हैन भन्दै तर चुरेकै पहाड खोतल्ने योजनामा समिति पनि सहमत भएको होला, तर यो अन्तत्वगत्वा चुरेमै प्रहार गर्ने योजना हो भन्ने सरकारी क्रियाकलापले नै देखाउँदैछ,’ दनुवारले भने ।

दनुवारका अनुसार महाभारत श्रृङ्खलाका पहाडहरू नै फोरिए पनि अन्तिममा तराई नै मरुभूमीकरण हुनेछ ।

‘महाभारतका पहाडहरू उत्खनन गर्दा २५/३० प्रतिशत मात्रै निर्यातयोग्य ढुंगा, गिट्टी निस्कन्छ, बाँकी ७०/७५ प्रतिशत ‘डेमरेज’ नदी-खोलामै मिसिएर तराईमा पुग्छ,’ उनी भन्छन्, ‘दर्जनौं पहाड त्यसरी खोतलियो भने तराई पुरिन कत्तिपनि समय लाग्दैन ।’
उनले ललितपुरको डाँडा खोतल्दा बाग्मतीको सतह बढेर रौतहट र सर्लाहीका तराईका खेत पुरिने भन्दै चुरे छलेको भरमा समस्या पर्दैन भन्ने तर्क गर्न नमिल्ने बताए ।

राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समितिले चुरे नखोतलिने भन्दै महाभारत पर्वत क्षेत्रमा पहाडहरू नै सम्याउँदा पनि तराईमा असर पर्दैन भन्ने खालको वक्तव्य दिनु न्यायोचित नभएको उनको धारणा छ ।

अर्का चुरेसम्बन्धी जानकार तथा अनुसन्धानकर्ता डा. विनोद भट्ट पनि विज्ञ दनुवारकै विचारमा सहमत छन् । पारिस्थितिक प्रणालीमा एउटा अंगमा नकारात्मक असर देखिनासाथ अर्को अंगमा असन्तुलन देखा परिहाल्ने उनी बताउँछन् ।

‘एउटा अंग खल्बल्याउँदा प्रकृतिमा अर्को अंगमा असर देखापरिहाल्छ, लक्षण देखिन अली लामो बाटो लिनसक्ला,’ भट्ट भन्छन्, ‘यसैपनि सुनिएजस्तो सरकारले सिद्धबाबाको डाँडा काट्ने हो भने त्यो सतशप्रतिशत चुरे क्षेत्र हो, त्यसभन्दा माथि केराबारीसम्मकै क्षेत्र चुरे हो भनेर सरकारी दस्तावेजहरूमै उल्लेख छ, चुरेको परिभाषा र त्यस क्षेत्रको भूबनोट पनि त्यही किसिमकै छ ।’

पहाडहरू खन्दा त्यसबाट निस्किएको माटो खोला/नदी हुँदै चुरे, चुरे हँदै भावर र तराईसम्म पुग्ने भन्दै उनले डाँडाहरू काटेर फालिएको क्ले (चिम्टे) माटो ठूलो मात्रामा भावर क्षेत्रमा पुग्ने र त्यसले तराईका लागि आवश्यक पानी पुनर्भरणमा व्यवधान खडा गर्ने बताए ।