चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरबाट प्रदर्शन

काठमाडौँ । चुरे क्षेत्रको संरक्षणमा विभिन्न प्रयास भएता पनि आशातित नतिजा भने हासिल गर्न सकिरहेको देखिन्न। चुरे संरक्षणको लागि निश्चित नीति नहुँदा चुरे संरक्षण र विकासका कार्यक्रमको  कार्यान्वयनमा अन्यौल तथा जटिलता उत्पन्न भइरहेको छ। राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति गठन भई संरक्षणका कार्यक्रम सञ्चालन भएता पनि कार्यविधिले मात्र चल्नु परेको। वास्तवमै चुरे क्षेत्रको संवेदनशीलतालाई ग्रहण गर्ने हो भने चुरे संरक्षणको लागि छुट्टै ऐन तथा नियमको आवश्यकता रहेको छ। हाल समितिले ३१ जिल्लाहरूका ५१ वटा नदी प्रणालीमा एकीकृत रूपमा विभिन्न सरोकारवाला निकायमार्फत् संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। गुरूयोजना पनि स्वीकृत भइसकेको अवस्थामा बजेट व्यवस्थापन नै चुनौतीपूर्ण रहेको छ।

आज चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वतर्फ गइरहेका सर्वसाधारणलाई प्रहरीले नयाँ बानेश्वर चोक नजिकै रोकेको हो । प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् ।

उनीहरुले आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकारलगायत नारा लगाइरहेका छन् । २५ दिन पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका  मधेशका विभिन्न जिल्लाका बासिन्दा १० दिनदेखि माइतीघरमा धर्ना बसिरहेका थिए ।

युवा नेता तथा सामाजिक अभियान्ता तरवेज आलमको सहभागिता रहेको थियो । अभियान्ता आलमले भने चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न नेपाल अधिराज्य भर लाखौ बृक्षरोपण गर्नु पर्नेमा जोड दिए । आन्दोलमा सहभागिहरुले बाल्टी,गाग्री, घइटो लगाएत घरायसी उपभोग सामाग्री बोकेर सडक प्रद्धशन गरेका हुन् ।

चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताए । आफूहरु चुरे संरक्षणको माग उठाएर आन्दोलन गर्दा दलहरुले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखका  छन्  ।