दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा आज नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे डलासस्थित ग्रान्ड पेरी क्रिकेट मैदानमा सुरु हुने छ ।