नेपाल–पाकिस्तान फ्रेन्डसिप पार्कको उद्घाटन

काठमाडौँ । आज पाकिस्तानी राजदूतावासले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’ को उद्घाटन समारोह आयोजना गरेको छ ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी प्रमुख अतिथि थिए । हस्तान्तरण कार्यक्रममा वडा नम्बर ८ गोलफ्तार काठमाडौंका अध्यक्ष सुमन तामाङ, बूढानीलकण्ठ नगरपालिकाका उपमेयर श्रीमती अनिता लामा, गभर्नर लायन हरिप्रसाद दाहाल, बूढानीलकण्ठका वरिष्ठ प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतको उपस्थिति रहेको थियो ।

सान्दर्भिक सामाजिक र प्रमुख मिडिया प्रतिनिधिहरू, कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथिले नेपालका जनतालाई ‘ओपन एयर जिम’ सुविधा प्रदान गरेकोमा पाकिस्तान सरकारप्रति कृतज्ञता व्यक्त गरे । उनीहरुले पार्कले दुई देशबीचको मित्रता र सहयोगको दीर्घकालीन प्रतीकका रुपमा काम गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।