पाकिस्तानले गाजा नरसंहार अन्त्य गर्नका लागि सबै पहलहरूलाई पूर्ण समर्थन गर्ने

एजेन्सी । पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेश मन्त्री मुहम्मद इशाक दारले गाजामा नरसंहार अन्त्य गर्ने र प्यालेस्टिनी जनतालाई मानवीय राहत प्रदान गर्ने सबै पहलका लागि पाकिस्तानको पूर्ण समर्थन रहेको दोहोर्‍याएका छन्।

इरानका कार्यवाहक विदेशमन्त्री अली बगेरीसँगको टेलिफोन वार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।

उनीहरूले गाजाको अवस्था र प्यालेस्टाइनीहरूमाथि इजरायली अत्याचारका बारेमा छलफल गरेका थिए।