पोखरा-२६ सरकारी सम्पती ब्यक्तिका नाउँमा दर्ता, विभिन्न राजनितिक दल देखि सामाजिक अभियान्ताद्धारा विज्ञप्ति निकालेर गरे चर्को विरोध

निगरानी ब्युरो/पोखरा । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी, जागरुक नागरिक समाज र जनचेतना खास्टेताल नागरिक समाजद्धारा पोखरा वडा नम्बर २६  घैटेखोरमा रहेको विद्यालयको जग्गा व्यक्तिको नाममा नामसारि गरियो भन्दै  विज्ञप्ति निकालेर विरोध गरेका छन् ।

कास्की जिल्ला साविक कन्धनीडाँडा गाविस वडानं. ४ को परिवर्तित ले.न.पा. वडानं, ४ को हाल पोखरा महानगरपालिका वडा नं. २६ स्थित सरकारको सामुदायिक विद्यालयको रुपमा २०४४ सालमा स्थापित अमर ज्योति आधारभूत विद्यालयले स्थापना काल देखि नै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै चैत्र २७ गते C-06..4/2080/12/27 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरा र हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौ C-06..63/2081/01/09 मा उजुरी दर्ता भए पछि विभिन्न राजनितिक दल तथा सामाजिक अभियान्ता /अनुयायीद्धारा विज्ञप्ति निकालेर विरोध गरेको हो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी, जागरुक नागरिक समाज र जनचेतना खास्टेताल नागरिक समाजद्धारा पोखरा वडा नम्बर २६ मा एक साथ विरोधमा उभिन पुगे ।

त्तकालिन सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति कास्कीबाट २०६८ सालमा सेतो निस्सा परिचयपत्र नं. ५९९ समेत बिद्यालयले प्राप्त गरेको प्रमाण एवं सिफारिस समेत अमर ज्योति आधारभूत विद्यालयलाई दिएको छ । पोखरा २६ को घैटेखोर स्थित अमरज्योति आधारभुत विद्यालयको संरक्षणमा रहेको कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना जग्गा राष्ट्रिय भूमि आयोग कास्की र वडाको मिलेमत्तोमा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै एमालेले जनाएको छ ।

‘भूमि आयोग कास्की र वडा नम्बर २६ को मिलेपत्तोमा व्यक्तिको नामा दर्ता भएको भन्ने कुरा विभिन्न सञ्चार माध्यममा आएको भन्दै,’ एमालेले  विज्ञप्ति निकालेको छ । भूमि आयोग खारेज हुनु अघि आयोगको नेतृत्व  गंगा पोखरेलले गरेका थिए ।

अहिले पोखरा २६ मा नेपाली कांग्रेसबाट निर्वाचित नरेन्द्र थापा वडाध्यक्ष छन् । एमालेले वडा कार्यालय र आयोगको मिलेमत्तोमा व्यक्तिको नाममा दर्ता गराउने काम भएको भन्दै विज्ञप्ति निकालेर विरोध गरेको हो ।

‘विद्यालयको संरक्षणमा रहदै आएको र विद्यालयकै नाममा सेतो पुर्जा समेत रहेको हुँदा व्यक्तिलाइ आवासमा दिन नमिल्ने जग्गा सिफारिस गरिएको प्रति नेकपा एमाले) पोखरा–२६ को गम्भीर ध्यानाकर्षण भएको छ,’ एमाले २६ की वडाध्यक्ष मीना श्रेष्ठले निकालेको विज्ञप्तिमा छ । एमालेले उक्त जग्गा साबिक विद्यालयलाई फिर्ता गर्नका लागि सबै सरोकारवालालाई आह्वान गर्दै कार्यमा सलंग्न व्यक्तिहरुलाई कारबाहीको माग गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी वडा कमिटि पोखरा-२६ ले पनि ध्यानाकषर्ण सम्बन्धमा भन्दै पोखरा महानगरपालिका वडा नं. २६ को  कद्धतको पाटनमा रहेको कि. नं. ७२५ को क्षेत्रफल ३-३-०-० को जग्गा श्री अमर ज्योती आधारभुत विद्यालय तालवेशीको संरक्षणमा रहेको सार्वजानिक सम्पति ब्यक्तिका नाममा विभिन्न निकायको आडमा दर्ता भएको भन्ने विषय प्रति राष्ट्रिय स्वतन्त्र पार्टी वडा कमिटि पोखरा-२६  वडा कमिटिका सभावति बैकुण्ठ बरालले गम्भिर ध्यानाकषर्ण भएको जनाएका छन् ।

 

जागरुक नागरिक समाज पोखरा-२६ ले सुशासन विकास र समृद्धिको लागि नागरिक सञ्जाल भन्ने मूल उदेश्यका साथ समाजमा हुने गरेका राम्रा कामको समर्थन र नराम्रा कामको खण्डन गरेको छ ।

पोखरा  महानगरपालिका वडा नं. २६ को  पाटनमा रहेको कि. नं. ७२५ को क्षेत्रफल ३-३-०-० को जग्गा श्री अमर ज्योती आधारभुत विद्यालय तालवेशीको संरक्षणमा रहेको सार्वजानिक सम्पति ब्यक्तिका नाममा विभिन्न निकायको आडमा दर्ता भएको भन्ने विषय प्रति जागरुक नागरिक समाज पोखरा-२६ले सरकारी सम्पती ब्यक्तिका नाउँमा दर्ता भएको पाईएमा आवश्यक कारवाही अगाडी बढाउन जागरुक नागरिक समाजका अध्यक्ष रामहरी ढुंगानाले विज्ञप्ती मार्फत अपील गरेका छन् ।

 

जनचेतना खास्टेताल नागरिक समाजद्धारा पोखरा वडा नम्बर २६  घैटेखोरमा रहेको विद्यालयको जग्गा व्यक्तिको नाममा नामसारि गरियो भन्दै  विज्ञप्ति निकालेर विरोध गरेको छ ।  पोखरा वडा नम्बर-२६  घैटेखोरमा रहेको विद्यालयको जग्गा व्यक्तिको नाममा नामसारि गरियो भन्दै  जनचेतना खास्टेताल नागरिक समाजका अध्यक्ष उत्तम प्रकाश बरालले विज्ञप्ति निकालेर विरोध गरेका छन् ।

विद्यालय परिसरका गाँउका जनताको अर्थात गाँउले (समूदाय) को संन्धिसर्पनको रुपमा प्रयोग हुदै आएको जग्गा भएता पनि गाँउवासीकै राय सल्लाह एवं समय समयमा भएका भेला निर्णयले साविक कन्धनीडाँडा वडानं, ४ को कि.नं, ७२५ को क्षे.फ.३-३-०-० र ७५९ को क्षे.फ.२-८-०-০ समेतका जग्गा विद्यालय सूचारु रुपमा सञ्चालन गर्न विद्यालयको आम्दानी श्रोतको लागी भन्दै विद्यालय स्थापनाकाल देखिनै आफ्नो हक जानी भोगचलन, रेखदेख गरी सोही मुख्य आधारमा अमर ज्योति आधारभूत विद्यालय सञ्चालन हुदै आएको देखिन्छ ।

यस क्षेत्रका जनताको चाहना बमोजिम तत्कालिन अवस्था देखि नै विद्यालयलाई प्रदान गरिएको र विद्यालयले पनि आफ्नो हकको जानी अविछिन्न उपयोग गदै आएको र विद्यालयको नाममा उक्त कित्ता समेतका जग्गा दर्ता गरिदिनु भन्ने मिति २०५७/११/०३, २০६७/०४/२१ तथा २०६९/०४/१० का स्थानिय निकाय अर्थात तत्कालिन ले.न.पा. कार्यालय समेतको समय समयमा सिफारिस हुदै आएको निगरानी ब्युरोलाई प्राप्त प्रमाणबाट बुझन सकिन्छ । सो जग्गा विद्यालयका नाममा भोगाधिकार दर्ता गरि पाउँ भनि समय समयमा मा. पो. का. कास्की समेतमा निवेदन परेको देख्निन्छ ।

यस बिषयमा भने पोखरा -२६  नेपाली कांग्रेस वडा कमिटिबाट कुनै किसिमको धारणा अहिले सम्म आएको देखिदैन ।