प्रतिनिधि सभा : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर आज

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।  प्रतिनिधि सभा बैठक बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर हुँदैछ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्नेछन्।