मनसुनको प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागका साथै लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । यस्तै आज दिउँसो देशभर मौसम आंशिक देखि साधारण बदली रहने छ ।