मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुद्वारा संयुक्त विज्ञप्ती

सिन्धुपाल्चोक हेलम्बु/ निगरानी ब्युरो । मेलम्ची खानेपानी आयोजना नेपालको एक प्रमुख राष्ट्रिय गौरवको आयोजना हो। यो आयोजना काठमाडौँ उपत्यकाको खानेपानी अभावलाई समाधान गर्न डिजाइन गरिएको हो। मेलम्ची नदीबाट पानी संकलन गरी काठमाडौँमा पुर्याउने यो आयोजना देशकै महत्वपूर्ण परियोजनाहरूमा पर्छ। यसको मुख्य उद्देश्य काठमाडौँ उपत्यकामा स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउनु हो।

२०७८ साल अषाढ १ र श्रावण १६ र १७ गते आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्स लगायत तल्लो तटीय क्षेत्रमा निकै ठूलो क्षति पुगेको थियो। यस बाढीले विभिन्न संरचनाहरू र नागरिकको दैनिकी जीवनमा गम्भीर असर पारेको थियो।

बाढीका कारण मुख्य सडक मार्गहरु तहसनहस भए, जसले यातायात ठप्प पार्यो।  झो.पु, पुल पुलेंसा पुलहरू बगाएर लाँदा आवागमनमा कठिनाइ उत्पन्न भएको थियो ।  सिंचाई कुलाहरू नष्ट हुँदा कृषकहरूले ठूलो क्षति व्यहोर्नुपर्यो। पाटी, पौवा, मठमन्दिर धार्मिक तथा सामुदायिक संरचनाहरूमा क्षति पुगेको थियो ।

यसै विच मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुद्वारा जारी गरिएको संयुक्त विज्ञप्ती यस प्रकार छ ।

मुलुकको राष्ट्रिय गौरवको आयोजना संचालित रहेको मेलम्ची खानेपानी आयोजना र यसबाट प्रभावित क्षेत्रमा २०७८ साल अषाढ १ र श्रावण १६ र १७ गते आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्स ( मुख्य सुरुङ मार्ग)भन्दा तल्लो तटीय क्षेत्रका मुख्य सडक मार्ग, झो.पु, पुल पुलेसा, सिञ्चाई कुलो, पाटी पौवा, मठमन्दिर, हेलम्बु इलाका प्रहरी कार्यालय, हेलम्बु गा.पा. २ नं. वडा कार्यालय, नागरिकका घर-गोठ, नागरिकका जिविकोपार्जनसँग जोडिएको हजारौं रोपनी खेतियोग्य फाँटहरु, विद्यालय, क्याम्पसका पूर्वाधार तथा दर्जनौ व्यावसायिक फार्म (ट्राउट, कुखुरा, च्याउ फार्म, घट्ट, मिल, हाते कागज, काष्ठ, ब्लक, स-मिल, फर्निचर, पसल, होटल, रिसोर्ट इत्यादी) तहसनहस हुनुका साथै नागरिकको दैनिकी जीवन कहाली लाग्दो रहेको सर्वविधितै छ ।

यद्यपी हेलम्बु क्षेत्रको पर्यावरण, प्रकृति र मानव जीवनसँग परोक्ष सम्बन्ध राख्ने सिङ्गै मेलम्ची नदी काकाकुल काठमाडौँमा पठाउन र उपत्यकाका नागरिकको प्यास मेटाउन तयार भएका नागरिकको जीवन र पीडासँग एकाकार हुनुपर्नेमा, राज्य संयन्त्रमा संवेदनशीलताको आभास पटक्कै देखिएको छैन। राज्यको यसखालको व्यवहार र संवेदनाहिनताले हामी अत्यन्तै चिन्तित र गम्भीर छौं । यस अत्यासलाग्दो र कहालीलाग्दो परिस्थितिलाइ सहजता, समाधान उन्मुख र नागरिकका चोटहरुमा मल्हमपट्टी गर्न राज्यसम्बद्ध सबै सरोकारवाला निकायका ढोकाहरु विविध माध्यमद्वारा विगतदेखी नै निरन्तर ढकढक्याइरहेको विषय अवगत नै छ ।

यस बर्षको मन्सुन सन्मुखमा छ । तटिय क्षेत्रका नागरिक शारीरिक, मानसिक र अन्य हिसावले आउने वर्षायाम र त्यसले उत्पन्न हुने जोखिमको त्रासदीमा बाँच्नुपर्ने परिस्थितिको आँकलन गर्न बाध्य देखिन्छ । केहिवर्ष देखि हिउँद सुरुवाती सँगै तामझामका साथ पानी काठमाडौँ प्रवेश गराउने र जब मन्सुन शुरु हुन्छ त्यसपश्चात पानी पुनः नदीमै फर्काउने र तटीय क्षेत्रको जोखिमलाई ख्याल-वास्ता नगर्ने प्रवृत्ति र मानसिकता प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ सुरुङ प्रवेश गराइएको पानी यस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफकाउन बाढीपीडित संघर्ष समिति, यस क्षेत्रमा कृयाशील राजनैतिक दलका तर्फबाट विनम्रतापूर्वक संयुक्त अपिल गर्दछौं ।

अन्यथा, हाम्रो आग्रह, अनुरोध र अपिललाइ कमजोरी ठान्दै जवर्जस्ती नदीतिरै फर्काउने प्रयत्न गरिएमा आगामी हिउँदमा स्थानीय संघर्ष समिति, राजनैतिक दलले लामो समयदेखी उठाउँदै आएका मागहरुको सम्बोधन नगरी पुनः पानी पथान्तरण गर्न असम्भव हुने व्योहोरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गर्दछ ।

मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुद्वारा संयुक्त विज्ञप्तीमा पासाङ लामा अध्यक्ष छिरिङ ग्याल्बु लामा सचिव संघर्ष समिति, राजकुमार भण्डारी सभापति नेपाली काँग्रेस -हेलम्बु गाउँपालिका समिति,  बेनबहादुर पण्डित -अध्यक्ष नेकपा (एमाले) हेलम्बु गाउँपालिका कमिटी,  मोदनाथ भण्डारी -अध्यक्ष नेकपा (एमाओवादी) हेलम्बु गाउँपालिका कमिटी, प्रतिनिधि राष्ट्रिय स्वतन्त्र पार्टी हेलम्बु गाउँपालिका समिति, रामबाबु सापकोटा प्रतिनिधि राष्ट्रिय प्रजातन्त्र पार्टी -हेलम्बु गाउँपालिका समिति रहेका छन् ।

संघर्ष समितिको माग भन्नाले मेलम्ची खानेपानी आयोजना र त्यसबाट प्रभावित क्षेत्रका जनताको पक्षमा गठित संघर्ष समितिको माग महिनामा गरिएका गतिविधिहरूको सन्दर्भमा उल्लेख गरेको हुन सक्छ। मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित भएका स्थानिय बासिन्दाहरूले आफ्नो हकहितका लागि संघर्ष समिति गठन गरी विभिन्न मागहरू राख्दै आएका छन्।

माग संघर्ष समितिका गतिविधिहरूमा प्रमुखतः निम्नलिखित कुरा हुन सक्छन्:

  • मागपत्र बुझाउनु: प्रभावित क्षेत्रका जनताका मागहरूलाई स्पष्ट रुपमा सम्बोधन गर्दै सम्बन्धित सरकारी निकायलाई मागपत्र बुझाउने कार्य।
  • प्रदर्शन र धर्ना: प्रभावित क्षेत्रका बासिन्दाहरूले सडकमा निस्किएर प्रदर्शन गर्ने, धर्ना बस्ने, र विरोध सभा गर्ने जस्ता गतिविधिहरू।
  • सम्बाद र वार्ता: सरकारी अधिकारीहरूसँग संघर्ष समितिका प्रतिनिधिहरूले संवाद गरी समस्याको समाधान खोज्ने प्रयास।
  • मीडिया अभियान: स्थानिय र राष्ट्रिय मिडियामा आफ्नो कुरा राखेर जनचेतना फैलाउने र समस्यालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने।
  • पुनर्निर्माण र राहतको माग: बाढीका कारण क्षतिग्रस्त संरचना तथा नागरिकहरूको जीवनस्तर पुनःस्थापना गर्नका लागि राहत र पुनर्निर्माणको माग।
  • न्यायको खोजी: बाढीका कारण विस्थापित भएका र क्षति व्यहोरेका जनताका लागि न्यायको माग गर्दै कानुनी कारवाहीको पहल।

संघर्ष समितिको यस्तो गतिविधिहरूले प्रभावित क्षेत्रका जनताका समस्या र मागहरूलाई सरकार र सम्बन्धित निकायहरूको ध्यानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्दछ। संघर्ष समितिको उद्देश्य भनेको स्थानिय जनताको हकहितको संरक्षण गर्दै उनीहरूको जीवनस्तर सुधार गर्नु हो।