युवा संघको सचिवमा चौलागाईं मनोनित

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय सचिवमा महेश चौलागाईसहित तीनजना मनोनित भएका छन् ।

संघको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले सचिवमा चौलागाईं, निरोज पौडेल र शारदा पछाईंलाई मनोनित गरेको हो । त्यस्तै बैठकले कोषाध्यक्षमा राकेश राई र सचिवालय सदस्यमा डिल्लीकुमार लिङ्गदेनलाई मनोनित गरेको हो ।

केन्द्रीय सचिवमा मनोनित चौलागाई यसअघि युवा संघ नेपालको बाग्मती प्रदेश इन्चार्जको भूमिकामा थिए ।

चौलागाईं लामो समयदेखि विद्यार्थी एवम् युवा राजनीतिमा सक्रिय छन् ।