संसदीय दलको नेताबाट रन्जितालाई हटाइयो, गंगारामलाई नयाँ जिम्मेवारी

१७ असार, धनगढी । पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । बर्दिया-२ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् ।

संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ । दल नेतामा चयन भएका गंगा चौधरीले उक्त निर्णयबारे सचिवालयलाई सोमबार जानकारी गराइने बताए ।

गत फागुनमा संघमा राजनीतिक समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद थियो ।

श्रेष्ठ नयाँ समीकरणलाई सघाउने र चौधरी कांग्रेससहितको समीकरणको पक्षमा उभिएका थिए । सोही विवादकाबीच श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन् ।

विवादकै कारण सुदूरपश्चिममा समेत प्रदेश सभा सदस्यहरू विभाजित छन् ।  रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सरकारमा सहभागी भएका बेला रेशम पक्षका अन्य पाँच जना भने कांग्रेससँगै प्रतिपक्षी बेन्चमा बसेका छन् ।

त्यस्तै उक्त बैठकले प्रमुख सचेतकको लालविर चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बर्दिया-२ बाट निर्वाचित सांसद लालविर नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीका बुवा हुन् ।

बैठकको निर्णयमा अध्यक्ष रन्जिता श्रेष्ठको भने हस्ताक्षर छैन । उक्त निर्णयमा गंगाराम, लालविर र अरुणकुमार चौधरीको हस्ताक्षर रहेको छ ।

गत फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएपछि संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठबीच विवाद सुरु भएको थियो । रन्जिता पुष्पकमल दाहाल नेतृत्वकै सरकारका पक्षमा उभिँदा रेशम भने कांग्रेसलाई सघाउनुपर्नेमा अडिग थिए । नागरिक उन्मुक्ति पार्टीको विवाद प्रदेश तहसम्मै देखिएको छ । सुदूरपश्चिम प्रदेशका ७ सांसदमध्ये २ जना सरकारमा र ५ जना प्रतिपक्षमा छन् ।

Leave a Reply