हेलम्बु गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकलाई सम्मान

सिन्धुपाल्चोक हेलम्वु । हेलम्बु गाउँपालिकाद्धारा  ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। यस गाउँपालिक भित्र रहेका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खादा माला तथा दोस्ला ओडाइ सम्मान गरेको हो ।

पछिल्लो समय घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उहाँहरूलाई स्थानीय सरकार साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत पालिका भरिका ज्येष्ठ नागरिकलाई संयुक्त गरिएको वडा अध्यक्ष निल बहादुर खड्काले जानकारी दिनुभयो। १७६ जना ज्येष्ठ नागरिक सहभागि थियो ।

गाउँपालिकाले  हेलम्वु चनौटे रिसोर्ट नयाँबजारमा कार्यक्रम गरेको थियो ।  ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था र उहाँहरूको जीवनशैलीबारे जानकारी लिन ज्येष्ठ नागरिक भेला अभियान थालिएको गाउँपालिकाका वडा न‌ं. ७ अध्यक्ष  खड्काले बतानु भयो ।

‘ज्येष्ठ नागरिक भनेका हाम्रा मार्गदर्शक हुन्। उहाँहरूकै कारण हामी यो स्थानमा छौं। समाजमा ज्येष्ठ नागरिकलाई नराम्रो व्यवहार गरेको पनि पाइन्छ। आफ्नो गाउँपालिकामा पनि त्यस्तो भएको छ कि भन्नेमा हामी चिन्तित छौं,’ खड्काले भन्नु भयो, ‘सन्तानलाई हुर्काउन र समाजलाई सकारात्मक रूपमा अघि बढाउन पु¥याएको योगदानलाई कदर गर्दै हामीले यो कार्यक्रम सुरु गरेका हौं। कुनै ज्येष्ठ नागरिक बेसहारा बन्नु नपरोस् भन्ने हाम्रो कामना हो। उहाँहरूको दुःख पिरमर्का बुझ्नु हामी जनप्रतिनिधिको अभिभारा पनि हो खड्काले भन्नु भयो ।’

यस कार्यक्रम सञ्चालन राजकुमार लामिछानेले गर्नु भएको थियो । यस कार्यक्रमका अध्यक्ष-  हेलम्बु गाउँपालिका  ज्येष्ठ नागरिक संघका अध्यक्ष- नोननाथ भण्डारी, विशिष्ट अतिथिहरुमा हेलम्बु गाउँपालिका वडा नंं. ७ वडा अध्यक्ष निल बहादुर खड्का, पूर्व गाउँ विकास समिति अध्यक्ष तथा वाग्मति प्रदेश ज्येष्ठ नागरिक संघ सचिव- अम्मर बहादुर पण्डित, पूर्व गाउँ विकास समिति इचोक अध्यक्ष- गोरबहादुर,  हेलम्बु गाउँपालिका  ज्येष्ठ नागरिक संघका सचिव- गोपीकृष्ण लामिछाने,  अम्मर बहादुर पण्डित, अन्य अतिथिहरुमा  गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू,  समाजसेवी- खामसुङ्ग लामा, समाजसेवी-मानबहादुर सार्की, समाजसेवी-रामबहदुर नेपाली परियार लगाएत अन्य समाजेवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका अध्यक्ष भण्डारीले भन्नु भयो यो सहभागिताले म निकै हर्षित तथा खुसी छु । यस सभामा सहभागितामा आउनु हुने सबै बुद्धिजीविहरुको उपस्थितिले हामीलाई सहकार्य र सहभािगताको मालामा गासेको छ । यो कार्यक्र हाम्रो प्रथम् हो । आगामी बर्षमा पनि हामी सहभागिता हुने छौं । यस हेलम्बु गाउँपालिकाले कार्यक्रका लागि रकम  विनियोजन गरेर सहयोग गरिदिएकोमा म पालिका परिवारलाई धन्यवाद दिन चाहान्छु । यस हेलम्बु गाउँपालिका वडा न‌ं. ७ मा ज्येष्ठ नागरिक भवनको निमार्णमा जोडदिनेछु ।

विभिन्न सनातन धर्मावलम्बीहरुले वैदिक कालदेखि नै प्राकृतिक देवताहरुको पूजा र आराधना, धार्मिक, सांस्कृतिक, सामाजिकजस्ता अनेकताभित्र एकता छ, नेपालमा सानो मुलुक भए पनि यहाँ विविधता छ। हामी नङ मासु जसरी मिलेर बसेका छौँ। नेपाल सानो बगैँचामा सयौँथरी रंगिबिरंगी फूल फुलेको गार्डेन जस्तै मुलुक हो।  यहाँ सबै मिलेर बसेका छौँ भन्नु भयो ।

सम्बन्धित ज्येष्ठ नागरिकका सम्मान तथा अन्तरक्रिया कार्यक्र गरिएको थियो । उक्त कार्यक्रममा खाजा, खाना तथा यातायत खर्चको प्रवन्ध समेत व्यवस्था गरिएको थियो ।