
संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान(काहुरास्ट) नेपालले पर्यवेक्षण गरेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० तथा प्रदेशसभामा सातै प्रदेशका गरी जम्मा ३३० जना प्रत्यक्षतर्फ र २२० जना समानुपातिकतर्फ सांसदहरु निर्वाचित गर्नका लागि भएको आजको मतदान केही ठाउँमा छिटफुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको पाइएको छ ।
हाम्रा पर्यवेक्षकहरुले विभिन्न मतदान केन्द्रबाट पठाएको सूचनाको आधारमा तुलनात्मक
रुपमा निर्वाचन शान्तिपूर्वक भएको पाइएको हो ।
पर्यवेक्षणका क्रममा प्राय सबै मतदान केन्द्रमा बिहान ७ देखि ७.१५ बजेसुरु भइ बेलुकी ५ बजेसम्म सम्पन्न भएकोपाइयो ।

दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्र, दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्र, बागलुबको जैमिनी नगरपालिका ४ स्थित जनता मावि, आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र फूलबारी मतदानस्थल लगायत १५ केन्द्रको मतदान स्थगित भएको छ भने केही मतदान केन्द्रमा केही समय मतदान स्थगित भै पुनः संचालन भएको
पाइएको छ ।
निर्वाचनको काममा खटिएका कर्मचारीहरु, सुरक्षाकर्मी र दलका प्रतिनिधिहरुबीच सौहाद्र्धपूर्ण
व्यवहार भएको पाइयो ।
निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले निर्वाचन बहिष्कारका नाममा सक्रिय विभिन्न समूहहरुले केही ठाउँमा मतदातालाई प्रभावित पार्ने काम गरेको भएपनि मतदाताहरु सुरक्षाको दृष्टिले आतंकित हुनुपर्ने अवस्था देखिएन ।
पर्यवेक्षक तथा प्रेसलाई अनुगमन गर्ने र तस्विर लिने कुरामा भने कर्मचारीहरु सहयोगी नभएको पाइयो । स्थानीय तहको निर्वाचनमा जुन उत्साह देखिएको थियो, यसपटकको निर्वाचनमा मतदातामा
खासै उत्साह नरहेको पाइयो ।
आजको प्रारम्भिक अनुगमनका क्रममा करिब ६० प्रतिशतको हाराहारीमा मतदान भएको हुन सक्ने देखियो । मतदान गर्न गाह्रो नभएको, सानो मतपत्र हुँदा मत चिन्ह खोज्न गाह्रो नभएको र मत बदर
नहुने कुरामा मतदाता विश्वस्त देखिएबाट यसपटक मतपत्र बदरमा कमी आउने सक्नेअनुमान गर्न
सकिन्छ ।
निर्वाचन आयोगले मतदाताको सूचिमा नामावली भएकाहरुले परिचय खुल्ने जुन-सुकै काजगातका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेकाले मतदानका क्रममा सहजै भएको देखियो
।
राजधानी काठमाडौँका केहीे मतदान केन्द्रहरु मतदानको दृष्टिले उपर्युक्त र अपाब्गमैत्री नभएको पाइयो । साँघुरो ठाउँका कारण महिला पुरुषको छुट्टै लाइनसमेत नभएको देखियो ।
यी समस्याबाहेक निर्वाचन प्रक्रिया सभ्य प्रक्रियाबाट सम्पन्न भएको हाम्रो प्रारंभिक अध्ययन रहेको छ ।
शान्तिपूर्ण र व्यवस्थित रुपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी,
दलका प्रतिनिधि र मतदातासहित काहुरास्ट नेपाल लगायत बिभिन्न संस्थाबाट मतदान केन्द्रमा
खट्नु भएका सम्पूर्ण पर्यवेक्षकहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।