कास्की ३ मा पनि घण्टी अगाडि

पोखरा – कास्की ३ मा पनि घण्टी अगाडि देखिएको छ। कास्की २ मा सुरुवातदेखि नै घण्टीको अग्रता छ।

क्षेत्र नम्बर ३ मा २ हजार ५०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १ हजार २४ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ ले ८३८ मत पाएका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेको माओवादी केन्द्रका रामजीप्रसाल बराल ‘जिवन’ तेस्रो स्थानमा छन्। गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका बरालले ४३८ मत पाए।

%d