
चितवन । चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले कालिका नगरपालिकाको मत गणना सुरु गरेपछि आफुले अग्रता लिने बताएका छन्।

इच्छाकामना गाउँपालिकाको मत गणना सकिँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ६२३ मतका साथ अग्रता लिइरहेका छन् । लामिछानेले २ हजार ९७८ मत ल्याएका छन् ।
मतगणना स्थलमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले इच्छाकामना गाउँपालिकामा अपेक्षा गरेको भन्दा धेरै मत आएको बताए । उनले अब कालिका नगरपालिकाको मत गन्न सुरु भएपछि आफुले अग्रता लिने दाबी गरे । इच्छाकामनाको सबै ठाउँमा पुग्न भ्याएको थिइन् । ‘जति आएको छ, हामीले अपेक्षा गरेको भन्दा धेरै हो’, उनले भने ।
