इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमा छापा वैदेशिक रोजगार विभागद्धारा छापा

काठमाडौं । मेनपावर कम्पनीको आवरणमा ठगी गर्दै आएको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

सरकारले निःशुल्क वा न्यूनतम शुल्क तोकेको खाडीका ६ मुलुक र मलेसियामा समेत मोटो रकम असुलेर कामदार पठाउने गरेको खुलासा भएपछि विहीबार विभागका डाइरेक्टर गोपाल तिमिल्सिना र अफिसर शम्भु कटुवालको टोलीले उक्त मेनपावर कम्पनीमा छापा मारेको विभागले जनाएको छ ।

छापा मार्ने क्रममा लिंक इन्टरनेशनल मेनपावर कम्पनीबाट केही महत्वपूर्ण कागजात समेत लगिएको र आवश्यकता अनुसार बयान लिन सकिने विभागीय स्रोतले जानकारी दिएको छ ।

मेनपावरका सञ्चालक कमल काफ्लेले खाडी र मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति साढे दुई लाखदेखि तीन लाखसम्म असुल्दै आएका थिए । त्यतीमात्र नभएर त्यत्रो मोटो रकम बुझाएर खाडी पुगेकाहरुले त्यहाँ भनेअनुसारको पारिश्रमिक नपाउनुका साथै सेवा–सुविधाका सवालमा समेत शोषणमा पर्नु परेपछि फिर्ता आएका उनीहरुले बुझाएको रकम आश मार्नु परेको अवस्था थियो । यस्तै–यस्तै गुनासा बढ्दै जाँदा विभागले लिंक इन्टरनेशनल मेनपावर कम्पनीमा छापा हानेको हो । विभागले छापा मारेको घट्नाले काफ्लेलाई धर्मसंकटमा पारेको छन ।

यता म्यानपावरका जिएम प्रकाश पौडेलले भने आफ्नो कार्यालयले कुनै पनि खराब काम नगरेको दावी गरेका छन् । उनले भने, सञ्चारमाध्यमका विभिन्न कुरा आएकाले विभागले हामीसँग सोधपुछ गरेको हो विभागले मागे जति कागजातहरु हामीले उपलब्ध गराएका छौं ।’

विभाग स्रोतका अनुसार पूर्व स्वीकृती नै नलिएर यूरोपको पोर्चुगल पठाउने भन्दै थुप्रै व्यक्तिसँग एडभान्स बापत केही रकम र राहदानी समेत लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्लेले लिएर लामो समयदेखि अलमल्याउँदै आएको गुनासो पनि सार्वजनिक भइरहेको छ । जापान, साइप्रस र क्यानडा पठाउने भनेर समेत काफ्लेले कयौं व्यक्तिबाट रकम असुलेको पाइएको छ ।

केही समयअघि पोर्चुगल पठाउने भन्दै रकम असुल गरेकै कारण लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेकै नातेदार समेत रहेका सुजन भट्टराई पक्राउ परेर हाल थुनामा छन् । एजुकेशनल कन्सल्टेन्सी खोलेर बसेका भट्टराईले पोर्चुगल पठाउने भन्दै युवाहरुसँग मोटो रकम असुल्दै आएका थिए ।

आम्दानीमा भागवण्डा गर्ने गरी लिंक इन्टरनेशनलका काफ्ले र भट्टराईले अवैद्यरुपमा पोर्चुगल पठाउने भन्दै रकम असुलेको अवस्थामा भट्टराई पक्राउ परेर कारवाही भोग्दै गरे पनि काफ्ले भने मेनपावरकै आवरणमा जोगिइरहेका छन् ।

छापा हान्न गएको वैदेशिक रोजगार विभागको टोलीले यस विषयमा पनि सोधपुछ गरेको थियो । तर, काफ्ले आफूमाथि अनावश्यक लान्छना लगाइएको जवाफ दिएका थिए ।

त्यसैगरी, भारतीयले सञ्चालित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमाथि उही नाम, एकै काम र हुवहु लोगोका विषयमा पनि विभागले प्रश्न उठाउने भएको छ ।

मलेसिया पठाउन लागिएका कामदारसँग जनही दुई(दुई लाख असुल गरिरहेको खबर पाएपछि दुई दिनअघि वैदेशिक रोजगार विभागले मेनपावर क्षेत्रका डनका रुपमा चिनिने रघु पुरीको गौशलास्थित दि रिभर मेनपावर कम्पनीमा छापा हानेर असुल गरेको रकम फिर्ता गराएको भएता पनि बसुन्धारास्थित कमल काफ्लेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमा भने उही प्रकृतिको बदमासी भइरहँदा पनि वैदेशिक रोजगार विभागले आँखा चिम्लेरै बसेको छ ।

फरक यती हो कि मेनपावर व्यवसायी रघु पुरी एमाले निकट व्यवसायी हुन् भने काफ्ले कांग्रेस निकट । त्यतिमात्र नभएर काँग्रेस निकट वैदेशिक रोजगार सँघ लोकतान्त्रिक फोरमका महासचिव पनि हुन् कमल काफ्ले ।

वैदेशिक रोजगार विभागमा काँग्रेस निकट कुनै पनि व्यवसायी सञ्चालक रहेको मेनपावर विरुद्ध उजुरी परेको खण्डमा मिलाउनेु भन्दै मेनपावर नेताको हैसियतमा काफ्लेलगायतको टोली विभागमा उपस्थिति हुन्छन्, महानिर्देशक(निर्देशकलगायतसँग छलफलमा बस्छन् । यस्ता व्यक्तिकै मेनपावर विरुद्ध उजुरी कसले गर्ने ? कुनै पिडीतले उजुरी गरिहाले कसले न्याय दिने ? यस्तो अवस्थामा विचरा पिडीतले उनीहरुले नै भनेको सुन्न, अनी मान्नै पर्ने हुन्छ ।

सरकारले खाडीका साउदी, कतार, यूएई, बहराइन, कुवेत मलेसिया जस्ता नेपाली श्रमिकका लागि प्रमुख गन्तब्य मुलुकमा निःशुल्क वा न्यूनतम शुल्क लागू गरेको छ । तर, लोकतान्त्रिक फोरमका महासचिवसमेत रहेका बसुन्धारास्थित लिंक इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालक कमल काफ्ले खुलेआम ती मुलुकमा जान इच्छुक कामदारसँग साढे दुई लाखदेखी तीन लाखसम्म असुल गरिरहेका हुन्छन् । त्यसरी अवैद्यरुपमा रकम असुल गरीएको जानकारी वैदेशिक रोजगार विभागलाई भएर पनि उक्त मेनपावर कम्पनीमाथि कुनै कारवाही भइरहेको देखिन्न ।

भारतमा वैदेशिक रोजगारीको विषयमा सुक्ष्म अनुगमन भइरहने भएकाले भारतीय दलालले नेपालको मेनपावर कम्पनीलाई प्रयोगमा लिएर आफ्नो धन्दा सञ्चालन गर्न चाहेको अवस्थालाई लिंक इन्टरनेशनलका कमल काफ्लेले सहज बनाइदिएका हुन् ।

नाइल ओभरसिजलाई भारतको मुम्वईमा प्रधान कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसको नेपालको शाखा जस्तै गरी काम गर्न मन्जुर भई सञ्चालक कमल काफ्लेले लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नै नाम परिवर्तन गरेका हुन् ।

पछिल्लो समय भारतीय मानवतस्करले खोजेको डिमाण्डमा आपूर्ति गरिएका नेपाली कामदार यतीबेला विभिन्न ठाउँमा समस्यामा परेका छन् । कतिपयले नेपालबाट गएदेखिकै पारिश्रमिक पाएका छैनन भने कोही आधापेट खाएर समेत डुयूटी गर्न बाध्य छन् ।

यता, लिंक इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकले भने विभागले छापा हानेको विषयलाई नियमित अनुगमन भन्दै नाक जोगाउने प्रयत्न गरिरहेको अवस्था छ । यही बीच, वैदेशिक रोजगार विभागबाट प्राप्त जानकारी अनुसार लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्लेले आफ्नै गृह जिल्ला जिल्ला निवासी श्रम तथा सामाजिक मन्त्रालयका सचिव एकनारायण अर्यालको समेत असान्दर्भीक अवस्थामा नाम लिने गरेको आरोप लाग्दै गर्दा मन्त्रालयकै दबाबमा पनि अनुगमन गर्नु पर्ने अवस्था निम्तिएको हो ।

सचिव अर्यालको नाम काफ्लेले किन र के–कस्तो विषयमा जोडेको हो भन्ने जानकारीमा आइसकेको छैन । नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी संघका महासचिव समेत रहेका लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले विभागमा अन्य मेनपावर कम्पनीका उजुरबाजुर र उनीहरुका गुनासो सम्बोधन गर्ने गराउने कार्यमा अग्रसर देखिन्छन् । यही कारण पनि उनको विभागमा प्रभाव रहेको बताइन्छ ।

आवुधावीस्थित फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा कार्यरत ६ नेपाली श्रमिकले त्यहाँ पुगेर काम थालेदेखिकै पारिश्रमिक नपाएको गुनासो सार्वजनिक भइरहेको अवस्थामा लिंक इन्टरनेशनल मेनपावर कम्पनीमा अनुगमन हुनुले वैदेशिक रोजगार विभाग कारवाहीका लागि एग्रेसिप भएको अनुमान लगाउन सकिन्छ ।

त्यतीमात्रै हो र ? त्यत्रो रकम बुझाएर खाडीका मुलुक पुगेर भनेअनुसारकै काम, सेवा्स-विधा र पारिश्रमिक समेत फरक परेको खण्डमा पठाउने कम्पनीमा गुनासो गर्दा समेत सुनुवाई हुँदैन । अहिलेलाई त्यही काम भए पनि गर्दै गर्नु, मिलाउँदै छौं, मिलीहाल्छ । यही हो लिंक इन्टरनेशनल मेनपावरका सञ्चालक काफ्लेले दिने तयारी जवाफ । लामो समयसम्म पनि समस्याको सामाधान नहुने र फरक परेको काम गर्न अस्वीकार गर्ने कामदार नेपाल फर्केर आउँदा समेत क्षतीपूर्ति पाउँदैनन् । बरु, फिर्ता गर्ने बेलामै आफूखुसी फर्केको भन्ने कागजातमा सहीछाप गराउने गरिन्छ ।

नेपालबाट उडे लगत्तै राहदानीसमेत खोसेर खसीबाख्रा शैलीमा क्याम्पमा राख्ने र त्यहाँका एजेन्टले खटाएको ठाउँमा काम गर्नु पर्ने बाध्यता हुन्छ, यहाँबाट जाने श्रमिकलाई ।

क्याम्पमा राखिएका कामदारलाई ड्यूटी खटाउनका लागि भारतको मुम्वईस्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले एजेन्ट नै खटाएको हुन्छ । नेपालको लिंक इन्टरनेशनल प्लेसमेन्ट त नेपाली कामदारबाट असुलेको मोटो धनको निश्चित कमिशन खाने दलाल मात्र बनीरहेको देखिन्छ ।

भारतीय कामदारलाई तोकिएकै काम लगाउनु पर्ने, सेवा(सुविधा र पारिश्रमिक पनि तोकिएअनुसार नै उपलब्ध गराउनु पर्ने भएकाले नेपाली श्रमिकलाई एउटा काममा स्वीकृती लिएर पठाउने र त्यहाँ अर्कै काममा लगाउने गरिन्छ । अझै दुस्खको कुरा त भारतीय कामदारको पनि दाश जस्तै बन्नु पर्ने अवस्थामा हुन्छन्, नेपाली कामदार ।

भारतमा दर्ता भएको मेनपावर कम्पनीले अवैद्य रुपमा कामदार पठाउन नसक्ने भएपछि नेपालको मेनपावर कम्पनी उसको रोजाई बन्न पुगेको हो । साविकको नाईल ओभरसिजले भारतीय लिंक इन्टरनेशनलकै इच्छामा आफ्नो कम्पनीको नाम बदलेको हो । नेपालको लिंक इन्टरनेशनल प्लेसमेन्टले आफूलाई भारतीय लिंक इन्टरनेशनल प्लेसमेन्टको शाखा कार्यालयका रुपमा स्वीकारेको अवस्था छ ।

भारतबाट हाउस मेडु घरेलु कामदारका रुपमा पठाउन नपाउने भएपछि विभिन्न कामका लागि श्रम स्वीकृती लिएर पठाइएका महिलालाई ुहाउस मेडुका रुपमा सप्लाई गर्ने गरिएको गुनासो पनि आइरहेको छ ।

नेपालबाट हाउस मेडुमा पठाउनु पर्दा कामदारको सुरक्षा ग्यारेन्टी, तोकिएको सेवा-सुविधाका साथै कामदार नफर्केसम्म रोजगारदाताले केही रकम ग्यारेन्टी वापत डिपोजीट गर्नुपर्ने भएकाले त्यो बाटो छल्दै विभिन्न कामका नाममा स्वीकृती लिएर खाडीका विभिन्न मुलुकका क्याम्पमा पुराएर त्यहाँबाट खसीबाख्रा शैलीमा रोजगारदाताको चित्त बुझाईअनुसार सप्लाई गर्ने गरिएको भुक्तभोगीले जानकारी दिएका छन् ।

त्यसो त लिंक इन्टरनेशनल मेनपावरका सञ्चालक कमल काफ्लेले यूरोपको पोर्चुगल पठाउने भन्दै सयौं जनासँग असुलेको राहदानी र पैसा अझैसम्म फिर्ता गरिसकेका छैनन् । एजुकेशनल कन्सल्टेन्सी सञ्चालन गरी बसेका सुजन भट्टराईसँग आम्दानीको हिस्सामा साझेदार बनेका काफ्ले यतीबेला पार्टनर भट्टराई पक्राउ परेर वैदेशिक रोजगार ठगीमा जेल चलान भएपछि भने ुम पनि तानिने हो कि रुु भन्ने चिन्तामा देखिन्छन् ।

मेनपावरको आडमा व्यक्तिगत भिषामा पोर्चुगल जान १६ लाखसम्म तिर्नु पर्ने उर्दी काफ्ले इच्छुकसँग गरेका थिए । र, उनीहरुबाट राहदानी र जनही तीन लाख एडभान्स लिएको अवस्थामा लामो समयदेखि आलटाल गर्दै आएकै कारण पार्टनर पक्राउ परेका हुन भने मेनपावर सञ्चालक नै भएकाले काफ्ले भने आजका दिनसम्म जोगिइरहेका छन् ।

यद्यपि, पूर्व स्वीकृती नै नभएको मेनपावरले पैसा असुल गर्न नमिल्ने भएता पनि वैदेशिक रोजगार विभाग भने यस बारेमा मौन बस्नु नै रहश्यात्मक देखिन्छ । आफूले बुझाएको रकम र पासपोर्ट फिर्ता लिन दशैं अघिदेखि मेनपावरको कार्यालयमा केही व्यक्तिले धर्ना नै दिएका थिए भने केहीलाई दशैं लगत्तै डाकिएको थियो । अहिले पोर्चुगल जानेहरुको रकम फिर्ता गर्न जापान पठाउने भन्दै रकम असुल गर्न थालिएको मेनपावरमै कार्यरत एक कर्मचारीले जानकारी दिए ।

यस विषयमा वैदेशिक रोजगार विभागले भने उजुरी नआएको जनाएको छ । विभागका कानून निर्देशकले भने, कारवाही गर्न पिडीतले उजुरी पर्नु पर्यो, सुने भनेकै आधारमा विभागले एक्सन लिन मिल्दैन । र, कसैले आरोप लगाउँदैमा पनि कारवाही हुँदैन ।

%d