राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा झर्याे

काठमाडौं । जारी मतगणनामा समानुपातिक तर्फ चौंथो स्थानमा रहेको माओवादी केन्द्र मत बढाउँदै तेस्रो नम्बरमा उक्लिनएको छ । यसअघि तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी एक तल झरी चौथो स्थानमा रको छ ।

पछिल्लो मतपरिणामअनुसार (माओवादी केन्द्र) ले आठ लाख १ हजार ३७९ मत प्राप्त गरेर तेस्रो स्थानमा उक्लिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ७ सय ८२ मत प्राप्त गरेर चौथो स्थानमा झरेको छ ।

समानुपातिकतर्फ पहिलो नम्बरमा शुरु देखि नै नेकपा एमाले रहेको छ भने दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

%d bloggers like this: