
इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी जाभामा गएको भूकम्पका कारण भएको अमूल्य जीवन र सम्पत्तिको क्षतिप्रति प्रधानमन्त्री शहबाज सरिफले इन्डोनेसियाका राष्ट्रपतिलाई समवेदना प्रकट गर्नुभएको छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग सोमबार भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीले हालै प्राकृतिक प्रकोपका कारण अप्ठ्यारोमा परेका आफ्ना इन्डोनेसियाली दाजुभाइ दिदीबहिनीको पीडा पाकिस्तानका जनताले महसुस गर्न सक्ने बताए ।
पाकिस्तानमा बाढीपीडितलाई प्रदान गरिएको सहयोगका लागि इन्डोनेसियाका राष्ट्रपतिलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले इन्डोनेसियामा भइरहेको राहत कार्यमा पाकिस्तानले सहयोग गर्ने प्रस्ताव राखेका थिए ।
