
एजेन्सी । जापानले पाकिस्तानसँगको सम्बन्धलाई निकै महत्व दिएको र पारस्परिक हितका सबै क्षेत्रमा सम्बन्धलाई थप सुधार गर्न पूर्ण प्रतिबद्ध रहेको बताएको छ ।

पाकिस्तानका लागि जापानका राजदूत वाडा मित्सुहिरोले इस्लामाबादमा वरिष्ठ पत्रकारहरूको समूहसँग कुरा गर्दै जापान र पाकिस्तानबीचको सम्बन्ध लोकतन्त्र, शान्ति र दिगो विकासका साझा मूल्यमान्यतामा आधारित रहेको र यो आपसी सहयोगबाट फैलिने क्रम जारी रहेको बताए ।
उनले पाकिस्तानमा रहेका विदेशी कम्पनीका गतिविधिका लागि थप व्यवसायमैत्री वातावरणका लागि काम गरिरहेका छौं, जसले पक्कै पनि आपसी आर्थिक लाभ हुने बताए ।
