
एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपिता कायदे आजम मुहम्मद अली जिन्नाको १४६ औँ जन्मजयन्ती आज उहाँको एकता, आस्था र अनुशासनको मार्गदर्शक सिद्धान्तलाई कायम राख्ने वाचाका साथ मनाइनेछ ।

आजको दिन देशको सुरक्षा, उन्नति र समृद्धिको लागि विशेष प्रार्थनाका साथ पर्व मनाइने स्थानीय सञ्चार माध्यमले जनाएकाे छ ।
देशभरका प्रमुख सरकारी भवनमा राष्ट्रिय झण्डा फहराइनेछ ।
विशेष गरी विधिको शासन, संविधानको सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राष्ट्रपिताका आदर्श र विचारलाई उजागर र प्रवर्द्धन गर्न दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिनेछ ।

सार्वजनिक र निजी विभागहरूले कायदे-ए-आजमको सन्देश र दर्शनलाई हाइलाइट गर्न सेमिनार, सम्मेलन, प्रतियोगिता र छलफल कार्यक्रमहरू सहित विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछन्।