मर्जरकाे नाममा ब्रमलुट,कि जागिर खाउँ कि घर जाउँ ! मर्जरले कर्मचारीमा विद्रोह आउने देखियाे !!

७ माघ, काठमाडौं ।  पुषको चिसो मौसममा ८ वटा वाणिज्य बैंकले लगनगाँठो बाधेका छन् । यो सुन्दा सुखद् समाचार पक्कै होला तर, यस भित्र हेर्दा अचम्मको कथा व्यथा फेला परे ।

आजभन्दा ३ वर्षअघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने रणनीतिअनुरूप पुँजीवृद्धिको योजना ल्याएको थियो । निश्चित समय दिएर ४ गुणा बढी पुँजी पुर्‍याउन राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दियो । त्यसपछि मर्जरको लहर चलेको हो ।

राष्ट्र बैंकले ०७४ असार मसान्तसम्म तोकिएको पुँजी पु‍र्‍याउन भनेको थियो । केही समय लगाएर भए पनि बैंकहरुले चुक्ता पुँजी पुर्‍याइसकेका छन् । ०७६ असार मसान्तसम्म कुल १७१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्राप्ति प्रक्रियामा सामेल भएका थिए । यसमध्ये १२८ वटा संस्थाहरूको इजाजत खारेज हुन गई कुल ४३ संस्था कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

तत्कालीन अवस्थामा ३२ वटा वाणिज्य बैंकहरु थिए, जुन अहिले घटेर २८ मा झरेका छन् । विकास बैंकहरुको संख्या भने त्यसबेला ८९ वटा थियो ।

हाल २९ वटामा झरेका छन् भने अझै केही घट्ने क्रममै छन् । उता फाइनान्स कम्पनीहरु पनि मर्जरबाट अछुतो छैनन् । ८७ वटाको संख्यामा रहेका फाइनान्स कम्पनीहरुले अहिले २४ वटामा झरेका छन् ।

राष्ट्र बैंकको योजनाले ‘क’ वर्गका वाणिज्य बैंकको संख्या थोरै घटे पनि ‘ख’ र ‘ग’ वर्गमा भने उथलपुथल नै आयो । यति धेरै बैंक तथा वित्तीय संस्थाको संख्या घट्दा पनि राष्ट्र बैंक अझै घटाउने योजनामै छ ।

नेपालको जनसंख्या र अर्थतन्त्रलाई हेर्दा यति धेरै बैंक आवश्यक नपर्ने केही विज्ञहरुको मत छ । तर बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गइसकेको अवस्थामा मुलुकको अर्थतन्त्रलाई के फाइदा पुग्यो त ? अर्थतन्त्रका सूचकहरुमा मर्जरले कस्तो असर गर्‍याे ? यो विषयमा भने खासै बहस भएको छैन ।

कि जागिर खाउ कि घर जाउ यसले कर्मचारीमा विद्रोह आउने देखिन्छ । के मर्जरमा यो कुराको छुट छ ? यति सम्मकी ग्लोबल आईएमई बैंकका डिपुटी सिइओ महेश ढकालले जागिर छोड्नु पर्ने अवस्था समेत आयो । भने अरुको अवस्था कस्तो होला गर्भनर साब यसको खोजी हामीले शुरु गरेका छौं । अर्को चर्चित उद्योगपति पृथ्वी बहादुर पाण्डेको बैंक नेपाल इन्भेष्टभेण्ट मेगा बैंक लिमिटेड भित्रको कथा त डरलाग्दो मात्रै छैन जिउ सिरिङ्ग हुने खालको छ ।

प्रभु बैंक, सेञ्चुरी बैंक, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक, एनसीसी र कुमारी बैंक बीच पुस मसान्त भित्रै बिग मर्जर भएको छ । तर, यस भित्र भएका धेरै कथा र ब्यथा बाहिर आएका छन् ।

यी मर्जर भएको ८ बैंकमा सेञ्चुरी बैंक मेगा बैंक, एनसीसी बैंक र विओकेबाट आएका कर्मचारीहरुलाई मदभेद मात्रै गरिएको छैन । कुनै पनि विभाग नै नदिएर कि जागिर खाउ कि घर जाउको अवस्थामा पु¥याएको भेटिएको छ ।

एनसीसी बैंकले ठूलो जनताको धनराशी खर्च गरेर उच्च तहका मुख्य÷मुख्य कर्मचारीलाई विदाई ग¥यो । तर कुमारी बैंकका साना कर्मचारीलाई दुरदराजमा सरुवा मात्रै गरेन, मन नपरेकालाई तल्लो जातको जस्तो व्यवहार गरेको विभाग नदिएको, बस्ने ठाउँ समेत नदिएको कर्मचारीहरुले  बताए ।

एनसीसी बैंकका सीइओ रमेश अर्याललाई त पद र सुविधा थप भयो होला । तर, निरिह कर्मचारी माथी अन्याय र अत्याचार यो कस्तो कर्मचारी मिलान हो गर्भनर साब ? यसको भित्री रहस्य हामीले खोजी रहेका छौं । अर्को प्रभु बैंक लिमिटेड भित्र त डरलाग्दो अवस्था छ । सबै अधिकार सीइओ अशोक शेरचनले लिएका छन् ।

सिइओ शेरचनले मर्जरको नारा तयार पार्ने देखि पत्रकारलाई निम्तो पठाएको कुनै कर्मचारीलाई पत्तो समेत भएन । कर्मचारी कसलाई के विभाग दिने भन्ने बारेमा अझै अन्यौल छ ।

प्रभु बैंककी हर्ताकर्ता प्रियपात्र एवं नायिका रश्मी पन्तलाई ४ वटा विभागको जिम्मा दिएको छ भने सेञ्चुरी बैंकबाट भएका कर्मचारीहरुलाई एउटा पनि विभाग तोकिएको छैन ।

ठूला कर्मचारीले कोठा पाए अधिकार पनि पाए होला तर, जुनियर र निरिह कर्मचारीलाई किन बस्ने ठाउँ दिइएन् । यसको खोजी हामीले गरिरहेको छौं हेक्का होस् । अर्को नेपालकै ठूलो भनिएको ग्लोबल आईएमई बैंकको त कुनै नगरौं ।

बैंक अफ काठमाण्डूबाट आएका कर्मचारीलाई यति निरिह व्यवहार गरिरहेको छ । कि त्यो शब्द नै लेख्न हामीसंग छैन । यहि हो मर्जरको सुन्दर पक्ष गर्भनर महाप्रसाद अधिकारीज्यू ? न विभाग दिएको छ न बस्ने ठाउँ नै यो कस्तो बैकिङ्ग हो ।

आजका मितिसम्म कुनै पनि विज्ञापन नगरी कर्मचारी भर्ना गरेर बैंक चलाएका अध्यक्ष पाण्डेले मेगा बैंकबाट आएका दक्ष र अनुभवी कर्मचारीलाई कुनै विभाग र बस्ने कुर्सी पनि नदिएको कर्मचारीकै गुनासो छ । यो कस्तो बैकिङ्ग हो गर्भनर साब विग मर्जरको सुन्दर पक्ष यसलाई नै मानौ कि कसो ?

मोबाइल बैकिङ्ग मेगा बैंककै संचालनमा ल्याएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले अझै उक्त मोबाइल बैकिङ्ग अपडेट गराएको छैन चल्दैन यसबाट वार्षिक ३ सय पैसा तिरेका ग्राहकलाई कस्तो असुविधा छ । यसको हेक्का सीइओ ज्योति प्रकाश पाण्डेलाई छ की छैन । गर्भनर साब । मर्जरको नाममा जे पनि छुट दिने अधिकार कसैलाई नेपालको कानूनले दिएको छैन ।
राष्ट्र बैंकले दिएको कर छुटलाई महालेखा परिक्षणको कार्यालयको प्रतिवेदनमै उल्लेख गरेर कर तिर्न निर्देशन दिएको छ । यसतर्फ हेक्का होस् ।  भनिन्छ बैकिङ्ग डिजिटल हुनुपर्दछ । तर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा अधिकाशं बैकिङ्ग मौखिक निर्देशनमै आजसम्म चल्दै आएको समाचार हामीले विगतमा दिँदै आएका थियो । गर्भनर साब यसतर्फ हेक्का होस् । मर्जर गर्दैमा ठूला र राम्रो भईदैन । बैकिङ्ग सिस्टम सहज हुनुपर्दछ । जनताले सरल सुविधा पाउनै पर्दछ ।

कर्मचारी मिलानमा यति ठूलो समस्या छ कि त्यो लेख्ने शब्द नै हामीसंग छैन । प्रायः मर्जरमा यस्ता समस्याहरु देखिन्छन् । यो अवस्था नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा नै हुने गरेका छन् । दुई संस्था गाभिएर एक बन्दा दुई वटा संचालक समितिलाई गाभेर एक बनाउनुपर्ने हुन्छ । यद्यपि, संचालकको संख्या राष्ट्र बैंकले तोकिदिएको मापदण्डभन्दा बढी बनाउन पाइँदैन ।

यसकारण सबैले ठाउँ पाउँदैनन् र बाध्यतावश केही संचालकहरुले बैंक छोड्नुपर्ने हुन्छ । त्यस्तै, व्यवस्थापनको क्षेत्रमा पनि एउटा विभागमा एउटा व्यवस्थापक मात्रै हुन्छन् ।

दुई वटा बैंक गाभिँदा उस्तै विभागमा काम गरिरहेका दुईमध्ये एकको जागीर जान्छ । यस विषयले मर्जर नै तोडिने खालको मनमुटाव ल्याउने गरेको प्रमाण हामीसंग छन् । अहिले मर्जर भएका ८ वाणिज्य बैंक भित्र कर्मचारी बीच चर्को मतभेद भोली विद्रोहकारुपमा विस्फोटन हुने देखिन्छ ।

मर्जरमा गएपछि कर्मचारीको तह निर्धारणमा झन् समस्या हुने गरेको छ । विशेषगरी ठूला बैंकसँग साना बैंक मर्जरमा जाँदा कर्मचारीहरु धेरै समस्यामा पर्छन् । यही समस्या विगतमा ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीचको मर्जरमा पनि देखिएको देखिन्छ ।

मर्जर भयो होला कारोबार पनि शुरु भयो होला तर यी र यस्ता बेतिथी र अन्यायले ठूला भएका यी ४ बैंकमा ठूलो आन्दोलन र विद्रोह हुने देखिन्छ । समयमै यी माथीका कथा र व्यथालाई सम्बोधन हुन जरुरी छ ।

%d bloggers like this: