
२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताएकी छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् ।
मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् ।
अर्थतन्त्रको कतिपय समस्या उतारचणवपूर्ण विश्व अर्थतन्त्र, कोभिड महामारीका कारणबाट पनि सिर्जित भएको भन्दै राष्ट्रपति भण्डारीले अघि भनिन्, ‘यथापि यिनीलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन ।’
Like this:
Like Loading...
Related