
काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर–६ नयाँ बस्तीमा रहेको रोयल्टी कलेजले स्वागत,सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजले आफ्नो विद्यालयको ३६ औं अभिभावक दिवसको सन्दर्भ पारेर कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ लाई विधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।
कलेजले हिजो शनिबार नयाँ बस्ती स्थित दिप ज्योति बैंकुटको सभा हलमा एक विशेष कार्यक्रम मार्फत विद्यार्थीहरुलाई स्वागत र विधाई दिएको छ,भने विद्यालयको अभिभावक भेला समेत गरेको हो ।
बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यबस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्याल ९स्पन्दन० को प्रमुख आतिथ्यता रहेको थियो,भने कार्यक्रमको अध्यक्षता कलेजका संस्थापकद्वय अध्यक्ष टुकमान लामा र कलेजका कार्यकारी प्रमुख देवेन्द्र चन्दले गरेका थिए।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यबस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्यालले पानसमा दिप प्रज्वलन गरेर गरिएको थियो ।

कार्यक्रममा शुभकामना एवम् स्वागत मन्तव्य राख्ने क्रममा क्याम्पसका शैक्षिक कोडिनेटर ध्रुब प्रसाद भण्डारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै रोयल्टी कलेजले विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा प्रदान गरेकाले विदाइ भएर जाने विद्यार्थीहरुले कहिल्यै नबिर्सने बताए भने कार्यक्रममा आएका सबै अतिथिहरुलाई स्वागत गरेका थिए।
सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख दण्ड पाणी शर्मा,गोकर्णेब्वर प्याब्सनका अध्यक्ष डि एन शिवाकाटी विशेष अतिथिमा रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जयन्ती सत्यालले विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश पलाएन हुने दर बढिरहेकोमा चिन्ता ब्यक्त गर्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर विदेश पलायन हुनबाट विद्यार्थीहरुलाई रोक्ने कार्यमा यस विद्यालयले पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड रहेको थियो ।
प्रमुख अतिथि सत्यालले रोयल्टी कलेज प्रति बधाई ज्ञापन दिदै आगामी दिनहरुको उज्वल भविष्यको कामना समेत ब्यक्त गर्दै राज्यले सधैं व्यवहारिक र सिपमुलक शिक्षा मात्र प्रदान गर्न कुनै कमजोरी गर्न नहुने बताइन् ।
अभिभावक दिवसको अवसरमा विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहमा बिजयी खेलाडीहरु,विद्यालयमा उत्कृष्ठ विद्यार्थीहरुलाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।
यो हो सुन्दर शान्त नेपाल नामक देशभक्ती झल्काउने गीत तथा नृत्य मार्फत स्वागत गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा कलेजले शैक्षिक गुणस्तरमा र विद्यालयको चौतर्फी विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएका शिक्षक तथा कर्मचारीहरुलाई कदर पत्र प्रदान गर्दै सम्मान गरेको छ ।
कलेजले कार्यक्रम मार्फत कक्षा ११ र १२ मा पढाउने शिक्षक टि एन धमला,विद्यालयकी शिक्षिका पेमा लामा र कर्मचारी फुटि शेर्पालाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको छ। विद्यालयकी प्रिन्सिपल मिरा श्रेष्ठको संयोजमा भएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधि,अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।