
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत खसेको थियो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा उपस्थित ९१ जना सांसदहरु मध्ये ६७ जना सांसदले हस्ताक्षर गरेका हुन् ।
त्यस्तै, विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरे भने ७ जना सांसदहरु तथस्ट बसका थिए ।
