
काठमाडौं । टोखा नगरपालिकाको वडा नम्बर–३ बानियाँटारमा रहेको एक्टिभ किड्स गार्डेनले आफ्नो प्रथम अभिभावक दिवस तथा दिक्षान्त समारोह कार्यक्रम सम्पन्न गरेको छ।

गार्डेनले आफ्नो विद्यालयको प्रथम अभिभावक दिवसको सन्दर्भ पारेर कक्षा ३ मा अध्ययन गरेर अर्को विद्यालयमा अध्ययन गर्न जान लागेका विद्यार्थी भाइबहिनीहरुलाई दिक्षान्त तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरेको हो। एक्टिभ किड्स गार्डेन विद्यालयले हिजो शनिबार विद्यालयको आफ्नै प्राङ्गणमा आयोजना गरेको कार्यक्रम मार्फत विद्यालयको अभिभावक भेला समेत गरेको हो ।
उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय भूतपूर्ब शिक्षामन्त्री शिशिर खनालको प्रमुख आतिथ्यता रहेको थियो,भने कार्यक्रमको अध्यक्षता एक्टिभ किड्स गार्डेनका व्यवस्थापन समितिका अध्यक्ष बासुदेब रेग्मीले गरेका थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भूतपूर्ब शिक्षामन्त्री शिशिर खनालले पानसमा दिप प्रज्वलन गरेर गरिएको थियो ।

कार्यक्रममा शुभकामना एवम् स्वागत मन्तव्य राख्ने क्रममा एक्टिभ किड्स गार्डेनकी प्रिन्सिपल शारदा पाण्डेले दिक्षान्त तथा सम्मान कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै एक्टिभ किड्स गार्डेनले साना साना विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले दिक्षित भएर विदाइ भएका विद्यार्थीहरुलाई आफुले कहिल्यै नबिर्सने बताउनुभयो भने कार्यक्रममा आएका सबै अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।
सो कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ,वडा अध्यक्ष रमेश डंगोल,अपेन सचिव अनुराधा श्रेष्ठ विशेष अतिथिमा रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिशिर खनालले माध्यामिक शिक्षा परीक्षामा विद्यार्थीहरु सोचे अनुसार पास हुन नसकेको भन्दै चिन्ता ब्यक्त गर्दै नेपालमा एक्टिभ किड्स गार्डेनले बच्चाहरुलाई गुणस्तरिय शिक्षा दिएर रचनात्मक कार्यमा लागेकोले गार्डेनकी प्रिन्सिपल शारदा पाण्डे लगाएतलाई वधाइ दिदै प्रगतीको कामना समेत व्यक्त गरेका थिए ।
उनले एक्टिभ किड्स गार्डेनले सानासाना बच्चाहरुको विविध सॅास्क्रितिक पक्षसँग जोडिएका र सिप विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आयामिक अवसर सिर्जना गरेकोमा खुसी समेत व्यक्त गरे ।
प्रमुख अतिथि खनालले एक्टिभ किड्स गार्डेन प्रति बधाई ज्ञापन दिदै आगामी दिनहरुको उज्वल भविष्यको कामना समेत ब्यक्त गर्दै आफुले सधैं सहयोग गर्ने र व्यवहारिक र सिपमुलक शिक्षा मात्र प्रदान गर्न कुनै कमजोरी गर्न नहुने बताउनुभयो ।
अभिभावक दिवस तथा दिक्षान्त समारोहको अवसरमा एक्टिभ किड्स गार्डेनले साना विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम मार्फत आफ्नो कला प्रस्तुत गरेकालाई मेडल प्रदान गरेर पुरस्कृत गरेको थियो । रातो र चन्द्र सुर्य नामक देशभक्ती झल्काउने गीत तथा नृत्य मार्फत स्वागत गरिएको कार्यक्रममा साना विद्यार्थीहरुले विभिन्न गीत र नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा सहायक प्रिन्सिपल रुपा वाग्लले शैक्षिक गुणस्तरमा र नानीबाबुहरुको चौतर्फी विकासमा कुनै कमि आउन नदिएको बताउनुभयो ।
विद्यालयकी प्रिन्सिपल सारदा पाण्डेको संयोजमा भएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधि,अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एक्टिभ किड्स गार्डेनमा पढ्ने सानासाना विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।
एक्टिभ किड्स गार्डेनले नेपालको शिक्षामा फरक तथा भिन्न शैलीको विधि अपनाएर बच्चाहरुलाई अध्यापन गराउँदै आएको छ । बच्चाहरुको सकारात्मक परिवर्तन गर्न र भिजनयुक्त र नैतिकताले भरिपूर्ण शिक्षा प्रदानमा एक्टिभ किड्स गार्डेनको ठुलो योगदान समेत रहको छ ।