रोना इन्टरनेशनल स्कूल अभिभावक दिवस समारोह सम्पन्न

काठमाडाैँ । टोखा नगरपालिकाको वडा नम्बर–८ गैरी गाउँमा रहेको रोना इन्टरनेशनल स्कूलले आफ्नो अभिभावक दिवस  समारोह कार्यक्रम सम्पन्न गरेको छ।

रोना इन्टरनेशनल स्कूलले आफ्नो विद्यालयको अभिभावक दिवसको सन्दर्भ पारेर कार्यक्रम समेत सम्पन्न गरेको हो। रोना इन्टरनेशनल स्कूल विद्यालयले  विद्यालयको आफ्नै प्राङ्गणमा आयोजना गरेको कार्यक्रम मार्फत विद्यालयको अभिभावक भेला समेत गरेको हो ।

उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएको थियो । कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी प्रमुख आतिथ्यता रहेको थियो,भने कार्यक्रमको अध्यक्षता रोना इन्टरनेशनल स्कूल  प्रधानध्यापकले गरेकी थिएईन्। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारीले  पानसमा दिप प्रज्वलन गरेर गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  नगर प्रमुख प्रकाश अधिकारीले माध्यामिक शिक्षा परीक्षामा विद्यार्थीहरु सोचे अनुसार पास हुन नसकेको भन्दै चिन्ता ब्यक्त गर्दै नेपालमा नगर प्रमुख प्रकाश अधिकारी ले बच्चाहरुलाई गुणस्तरिय शिक्षा दिएर रचनात्मक कार्यमा लागेकोले रोना इन्टरनेशनल स्कूलकी प्रिन्सिपल  लगाएतलाई  वधाइ दिदै प्रगतीको कामना समेत व्यक्त गरेका थिए ।

उनले सानासाना बच्चाहरुको विविध सॅास्क्रितिक पक्षसँग जोडिएका र सिप विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आयामिक अवसर सिर्जना गरेकोमा खुसी समेत व्यक्त गरे ।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधि,अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रोना इन्टरनेशनल स्कूलपढ्ने  विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।

रोना इन्टरनेशनल स्कूलले नेपालको शिक्षामा फरक तथा भिन्न शैलीको विधि अपनाएर बच्चाहरुलाई अध्यापन गराउँदै आएको छ । बच्चाहरुको सकारात्मक परिवर्तन गर्न र भिजनयुक्त र नैतिकताले भरिपूर्ण शिक्षा प्रदानमा रोना इन्टरनेशनल स्कूलको ठुलो योगदान समेत रहको छ ।

%d bloggers like this: