
काठमाडाैँ । लियो जिल्ला परिषद् ३२५ एल नेपालको अध्यक्ष मा गोरखाका ढकाल निर्बाचित हुनु भएकाे छ । अन्तरास्टिय सामाजिक सस्था लायन्स कलब डिस्ट्रीक ३२५ एल नेपाल अन्तरगत लियो जिल्ला परिषद् ३२५ एल नेपालको बर्ष २०२३/२४ को जिल्ला अध्यक्ष मा गोरखाका सन्तोष ढकाल निर्बाचित हुनु भएको हाे ।

पोखरमा शनिबार भएको महाधिवेशनमा ढकालले सहभागि कलबका प्रतिनिधिहरुको शतप्रतिशत मत प्राप्त गरेर जिल्ला अध्यक्ष मा निर्बाचित घोषणा हुनु भएको छ । सन २०१७ देखि लियोमा सकृय ढकाल लियो क्लब अफ काठमाडौं बेद ब्यासको सस्थापक अध्यक्ष हुनुहुन्छ ।
ढकालले अघिल्लो कार्यकालमा जिल्ला उपाध्यक्ष को पदमा रहेर काम गर्नु भएको थियो। लियो जिल्ला परिषद ३२५ एल नेपालमा करिब ३८ वटा कलब र १५०० जना लियो सदस्य हरु रहेको छन । यो नेपालमा रहेको १५ जिल्ला मध्य उत्कृष्ट जिल्ला को रुपमा रहेको छ ।

७ बर्ष देखि निरन्तर लियो यात्रामा सकृय रहि जिल्लाको बिभिन्न महत्वपुर्ण पदमा सेवा सकृयता र योगदानको हिसाबले एउटा छुटै पहिचान र अस्थित्व बनाएको ब्यक्ति हुनुहुन्छ। लियो कलब अफ काठमाडौं बेद ब्यासको लियो अभियानको नेतृत्व गर्दै ,जिल्लाको रिजन कोडिनेटर , प्रमुख जनसम्पर्क अधिकृत ,जिल्ला उपाध्यक्ष हुदै लियो बहुजिल्ला परिषद ३२५ नेपालको सह-कोषाध्यक्ष र डाईरेक्टर जस्तो गरिमामय पदको सफलता पुर्बक जिम्मेवारि निर्बाह गर्दै आउनु भएको छ।
गोरखाको बिकट ठाउँमा जन्मनु भएका ढकाल हाल काठमाडौं जिल्ला तारकेस्वर नगरपालिका वडा न ५ स्थित हरियालि समाज लोलाग मा घर बनाई बसोबास गर्दै आउनु भएको छ । ढकाल उक्त्त हरियालि समाजको सहसचिब समेत रहनु भएको छ सानै उमेर देखि सामाजिक अभियानमा जुजारुक नेतृत्व मध्येको एक उदाहरण को रुपमा परिचित समेत हुनुहुन्छ ।
समाजमा पनि छुटै पहिचान बनाएको ढकाल हाल एम टि ईन्टरनेशनल प्रा लि को मार्केटिग हेड र गुडलक ट्रेड लिक को प्रोपाईटर समेत हुनुहुन्छ। उहाले यो लायन बर्श २०२३/२४ लाई नेपालको सर्बोत्कृष्ट जिल्ला बनाउने दाबि समेत गर्नु भएको छ ।
उहाँले आगामि बर्ष जिल्लाको नारा (oath for growth ) मा रहेर काम गर्दै १५०० युवाहरुलाई नेतृत्व बिकास गर्दै समाज मा सेवा गर्ने लक्ष्य लिनु भएको छ । उक्त जिल्लाको उपाध्यक्ष मा लियो अभय थापा निर्बाचित हुनु भएको छ भने जिल्ला सचिबमा तनहुका लियो सुनिल मिश्र र कोषाध्यक्ष मा लियो कलब अफ काठमाडौं बिशालबजारका लियो सुलभ थकालि, जनसम्पर्क अधिकृत मा दुलेगौडाका लियो कुसल लम्साल , जिल्ला अध्यक्ष सल्लाहकार प्रमुखमा आबुखैरेनिका लियो अ्मृत पन्डित , चिप डिपार्टमेन्ट चियर्पसन मा लियो उजेन श्रेष्ठ , चिफ रिजन कोडिनेटर मा लियो सम्राट ऐडि र ब्यबस्थापक मा लियो उद्दब पराजुलि मनोनित हुनु भएको छ भने अन्य जिल्लाको पदाधिकारि छिटै बैठक बसेर पुर्णता दिने कुरा जिल्ला सचिब लियो सुनिल मिश्र ले प्रस्ट पार्नु भएको छ ।