कुमारी बैंकको १४ लाख ८३ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो, सर्वसाधारणले पनि बोलपत्र पेश गर्न सक्ने

काठमाडौं : कुमारी बैंकले आज (जेठ १२ गते) देखि साविकको एनसीसीको बैंकको नाममा रहेको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ १९ गतेसम्म आवेदन दिन मिल्नेछ ।
बिक्री सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ २१ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।

%d bloggers like this: