
काठमाडौं । अमेरिकाको डलास स्थित फोर्टओर्थ अन्तर्राष्ट्रिय एयरपोर्टमा रोवोटिक ईभी चार्जरको परीक्षण गरिने भएको छ । यो चार्जरले ईभी पार्क गरिएको कुनै पनि पार्किङ स्थानमा गएर आफै ईभी चार्ज गरिदिन्छ ।

‘ईभी सेफ चार्जर’ नामक स्टार्टअप कम्पनीले विकास गरेको यो रोवोटको नाम ‘जीगी’ दिइएको छ । यो चार्जर एक मोवाइल युनिटको रुपमा रहनेछ, यसबाट चार्ज गर्न आफ्नो ईभी चार्जर भएकै स्थानमा पार्किङ गर्नु पर्दैन ।
जीगी चार्जरको प्रयोग गर्न आफ्नो ईभीको इन्फोटेन्मेन्ट सिस्टमा वा कार चालकको मोवाइलमा एप डाउनलोड गर्नु पर्ने हुन्छ । मोवाइल चार्जर युनिटले आफै कारको चार्जिङ प्लगमा ‘चार्जर गन’ जोडिदिन्छ । चार्जिङ पुरा भएपछि यो चार्जर आफु चार्ज हुन स्टेशनमा गएर प्लगइन गर्छ ।
स्वचालित चार्जरको प्रयोग गर्न पार्किङमा रहेको स्पेसिफीक ईभी चार्जर भएको पार्किङ लटमा गइरहनु पर्दैन । यो रोवोटमा दुई वटा ठूलो साइजको स्कृन रहेको छ, जसमा विज्ञापन संचालन गररेर थप रकमसमेत आम्दानी गर्न सकिने कम्पनीको दावी छ ।
