
काठमाण्डौ – काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ५मा जन्मिएका राजन खरेल पेशाले सिनेमाटोग्राफर हुन् । चलचित्र, म्युजिक भिडियो तथा बृत्तचित्रको छायाँकन गर्दै आएका खरेलले दुर्गामाण्डौ, कुइनेटो र चलचित्र चिट्ठीमा छायाँकारको रुपमा काम गरेका छन् भने हामी किसानी, कर्महारा चेली, म त गीत गाउँछु हजुर, मलाई बुद्धले देखाको, तिमि पागल पागल, हाम्रो साझा हिमाल लगायत दर्जन भन्दा वढि म्युजिक भिडियो र सोही संख्यामा वृत्तचित्रहरुको पनि सफल छायाँकन गरिसकेका छन् ।

संसारकै अग्लो स्थानमा छायाँकन गरिएको हाम्रो साझा हिमाल बोलको म्युजिक भिडियोले सन २०१९मा विश्वकिर्तिमानी कायम गर्न सफल रहेको थियो, शो गीतको छायाँकन खरेलले नै गरेका हुन् । यस्तै हाम्रो साझा हिमाल बोलको गीत भिडियो मार्फत खरेलले दुबईमा एम.एस.एन. एक्सिलेन्सि अवार्ड २०२१ मार्फत सर्वोत्कृष्ट छायाँकारको अवार्ड समेत प्राप्त गर्न सफल भएका थिए । त्यस लगत्तै सन २०२० मा छायाँकार खरेलले सोही शिर्षकमै बनेको रेकर्डलाई ब्रेक गरेर फेरि अर्को विश्वकिर्तिम्ँन्ी कायम गर्न सफल भएका थिए ।
सोलुखुम्बुको जिल्लको गोक्योमा सम्पन्न भएको एभरेष्ट अनर अवार्ड २०१९ मा दुर्गामाण्डौ चलचित्र मार्फत सर्वोत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गरेका खरेल भने सन २०२३ मा स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय चलचित्र महोत्सवमा खहरे पाँगु बृत्तचित्र मार्फत सर्वोत्कृष्ट छायाँकारको अवार्ड उचाल्न सफल भएका छन् । त्यसैगरी नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका खरेललाई गौरीशंकर च्छोरोल्पा मिडिया र हिमाल एफ.एम.ले साहसिक कला सम्मानबाट सम्मानित गरिसकेका छन् । पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को कोषाध्यक्ष रहेका खरेल नेपाल चलचित्र कलाकार तथा श्रमिक संगठन र राष्ट्रिय लोकसाँस्कृतिक संघको केन्द्रिय सदस्य हुन । उनि विभिन्न संघ संस्थाहरुमा समेत अवद्ध रहेका छन् ।
दृश्यमा चाँगुनारायण नगरपालिका, बागमती सभ्यताको ईतिहास, दृश्यमा भुम्लु गाउँपालिका, खहरे पाँगु, यात्रा सेफोक्सुन्डो, यात्रा काठमाण्डौ टु गोक्यो लगायतका दर्जनौं प्रवद्र्धनात्मक बृत्तचित्रहरु र एनिमल नेपालको प्रस्तुती र परिवर्तन नेपालको सहकार्यमा तैयार भएको नेपाल टेलिभिजनवाट पाक्षिक रुपमा प्रदर्शन हुँदै आएको एनिमलहरु सम्बन्धि बनेको वृत्तचित्र “द भवाईस लेस भ्वाईस” को छायाँकान पनि खरेलले नै गरेका थिए । त्यसका अलावा खरेलले दर्जनौ टेलिभिजन कायक्रमहरु र विज्ञापनहरुको समेत छायाँकन गर्दै आईरहेका छन् ।

चलचित्र, वृत्तचित्र, गीत संगीतको भिडियोको प्रोडक्सन गर्नका लागी कलिउड हव प्रोडक्सन प्रा.लि. तथा समाचार पोर्टल द लाईफ स्टाईल नेपाल डटकम लाई संचालनमा ल्याएका राजन खरेलले आफ्नै नेतृत्वमा कर्पोरेट विजनेश अवार्डको समेत आयोजना गर्दै आएका छन् । छायाँकारकै रुपमा आफुलाई नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा स्थापित गराउदै आएका खरेल यस क्षेत्रमा मिहेनती तथा लगनशिल र इमान्दार छायाँकारको रुपमा चिनिन्छन् । विषेश गरि चलचित्र र म्युजिक भिडियोहरुमा आफुलाई ब्यस्त राख्ने उनि समयले भ्याए सम्म बृत्तचित्र तथा अन्य कार्यहरुमा पनि छायाँकारको रुपमा काम गर्दै आएका छन् ।