मञ्जिलको ‘गोल’ फोकस अन एबिलिटी सर्ट फिल्म फेस्टिबलमा मनोनित

काठमाडौं – निर्देशक मञ्जिल तण्डुकारको सर्ट फिल्म गोल अष्ट्रेलियाको फोकस अन एबिलिटी सर्ट फिल्म फेष्टिबलका लागि मनोनित भएको छ । नोभा इम्प्लोइमेन्टस् इन्टरनेशनल फोकस अन एबिलिटी २०२३मा मनोनित उक्त फिल्मलाई निर्देशक तण्डुकारले निर्देशन गरेका हुन् ।

दिपेश, सन्दिप गुरुङ लगायतको अभियन रहेको उक्त सर्ट फिल्मका लागि रबि श्रेष्ठ र रामकृष्णले क्यामेरा एसिस्ट गरेका हुन् । उक्त फेष्टिबलमा मनोनित सर्ट फिल्म मध्ये उत्कृष्टले १ लाख अष्ट्रेलियन डलर पुरस्कार पाउने छ । भोटिङ सिस्टमका आधारित भएर उत्कृष्ट फिल्म छानिने आयोजकको भनाई छ।

%d bloggers like this: