
काठमाडाैँ । डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल सङ्क्रमण हो। विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यको एउटा प्रमुख चुनौतीको रूपमा हेरेको डेङ्गी नेपालमा प्रायः मनसुन सुरु हुनुभन्दा अघिदेखि मनसुन सकिएसम्मै फैलिन्छ। नेपालमा यो पहिलो पटक सन् २००४ मा देखिएको बताइन्छ। सन् २००६ देखि केही वर्षको अन्तरालमा प्रकोपको रूपमा यो फैलिने गरेको देखिएको छ। सन् २०१९ र सन् २०२२ मा भने यसले ठूलो मानवीय क्षति गरेको अधिकारीहरूले बताएका छन्।

विशेषगरी एइडीज इजिप्टी वा एइडीज आल्बोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट यो रोगको भाइरस मानिसमा सर्छ। भाइरस सार्ने यी दुवै प्रजाति नेपालमा छन्। यी प्रजातिका लामखुट्टे दिउँसोको समयमा बढी सक्रिय हुन्छन्। तर यिनले राति टोक्दै टोक्दैनन् भन्ने हुँदैन। जुनसुकै समयमा यस्ता लामखुट्टेबाट जोगिनु भनेकै डेङ्गीबाट जोगिनु हो।
रक्त समूहअनुसार लामखुट्टेले कसैलाई धेरै वा थोरै टोक्छ भन्ने हुन्छ?
कुनै रक्त समूहका मानिसप्रति लामखुट्टे तुलनात्मक रूपमा बढी आकर्षित हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले प्रमाणित गरेको कुरा हो। यो निष्कर्ष अन्य विभिन्न रोगहरूको हकमा पनि लागु हुन्छ। तर त्यसो भन्दैमा “मेरो रगत समूह यो हो मलाई लामखुट्टेले टोक्दैन” भनेर बस्नु हुँदैन। प्रत्येक व्यक्तिले जोगिनुपर्छ। लामखुट्टेलाई वरपर आउनबाट रोक्नुपर्छ। किनकि त्यो तपाईँप्रति कम आकर्षित होला तर तपाईँकै परिवारका अन्य सदस्यलाई डेङ्गी सार्न सक्छ।

एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई सर्ने डेंगी रोग अहिले प्रकोपको रुपमा देखिएको छ। यो रोगको संक्रमण ४८ जिल्लामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत १ साउनदेखि २२ भदौसम्म डेंगी संक्रमितको संख्या ३ हजार ८९९ पुगेको छ। यो अवधिमा डेंगीका कारण ६ जनाको मृत्यु भइसकेको छ। अहिलेको प्रमुख स्वास्थ्य समस्या भएकाले विशेष सतर्कता अपनाउनुपर्ने चिकित्सकहरु सुझाउँछन्।
चिकित्सकहरुका अनुसार वर्षातको समयमा यो रोग बढी देखा पर्छ। सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धिविकास हुन्छ र डेंगीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ। यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ।
डेङ्गी रोगका बिरामी बढ्न थालेसँगै पछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेङ्गीका बिरामी बढ्दै गएपछि जिल्लामा सो अभियान थालिएको हो। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा मङ्गलबारदेखि अभियान थालिएको हो। लामखुट्टेले ‘अण्डा’ पार्न सक्ने सम्भावित स्थानहरू पानी जम्ने ठाउँको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको कार्यालयका प्रमुख केशरबहादुर साउँदले जानकारी दिए।
अभियानका क्रममा पानी जम्ने वस्तु हटाइएको छ। जिल्लामा अहिले डेङ्गी सङ्क्रमित ३० बिरामी उपचार गरिरहेका छन्। तीमध्ये १६ अमरगढी नगरपालिकाका छन्।
डेङ्गी नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सर्वसधारणलाई समेत सुझाव दिइएको छ।
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा लामखुट्टे फूल पार्ने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख साउदले बताए। सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको अमरगढी नगरपालिका आसपासका क्षेत्रमा सरसफाइका साथै पानी जम्ने ठाउँमा लार्भा नष्ट गर्ने अभियान थालनी गरिएको जनाइएको छ।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गीको सङ्क्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयका ‘भेक्टर कन्ट्रोल’ निरीक्षक हरिप्रसाद भट्टले बताए।
त्यस्तो लामखुट्टेले टोकेमा डेंगी संक्रमण भएको कसरी थाहा पाउने ?
लक्षणहरु
– ज्वरो आउने
– टाउको दुख्ने
– आँखाका गेडा दुख्ने
– मांसपेशी तथा जोर्नी दुख्ने
– शरीरमा डाबर आउने
– खानामा अरुचि हुने
– पेट गडबडी हुने।