
काठमाडौँ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले आज (मंगलबार) शपथ लिएका हुन् ।


उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए ।
संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई सोमबार राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गरेका थिए । उनलाई संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।
