प्रधानमन्त्री सत्ता टिकाउनमै व्यस्त, देश र जनताको अवस्थाबारे बेवास्ता !

विभिन्न राजनीतिक पार्टी सरकारमा जाँदा पनि मुलुकको अवस्था किन फेरिएन् ? सरकारमा जान यहाँ जहिले पनि होडबाजी चल्छ । तर, काम गरेर देखाउने क्षमता भने कसैमा पनि छैन् । पूरानै चलनचल्ती दोहोर्याइरहने र परिवर्तन ल्याउन नखोज्ने यो व्यापक देखिएको छ । विसं २०६५ र २०७३ सालमा दुई पटक प्रधानमन्त्री भए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । वर्तमान सरकारको प्रधानमन्त्री पनि उनी नै छन् ।

तीन पटक प्रधानमन्त्री भएपनि उनले देश र जनताका लागि सिन्को पनि भाँचेनन् । हाल प्रधानमन्त्री भएको ९ महिना बितिसकेको छ । शुरुशुरुमा काम गर्नेजस्तो देखिएपनि अहिले फेरि पूरानै अवस्था देखिएको छ । प्रधानमन्त्री प्रचण्ड सुस्ताएका छ्न् । भ्रष्टारचारको फाइल खोल्ने अभियान पनि बीचमै रोकिएको छ । प्रचण्डको काम गर्ने क्षमता जनताले देखेका छन् । दुई चोटि प्रधानमन्त्री हुँदा त कुनै परिवर्तन ल्याउन नसकेका उनलाई जनताले पत्याएनन् ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा माओवादीले ३२ सीट मात्र पायो । पाँच दलीय गठबन्धन गरेर चुनावमा भिड्दा पनि माओवादीले खासै राम्रो नतिजा ल्याउन सकेन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री आफैं खाने भनेपछि उनी हत्तपत्त बालकोट पुगेका थिए । शुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर उनी सरकारमा गए । प्रधानमन्त्री बने ।

एमालेलाई पाखा लगाएर उनी पूरानै गठबन्धनमा फर्किए । तर, ९ महिना प्रधानमन्त्री हुँदासमेत उनको काममा प्रगति हुन सकेको छैन् । सरकार टिकाउने खेल मात्रै भइरहेको छ । बजारको अवस्था के छ ? जनताको अवस्था के छ ? उनलाई जानकारी छैन् । व्यापारीहरुले कालोबजारी गरिरहेका छन् । मँहगीले आकाश छोइसकेको छ । आम नागरिकलाई बिहानबेलुकाको छाक टार्नसमेत धौधौ परेको छ ।

बेरोजगारीले व्यापक रुपमा लिएको छ । रोजगारीका लागि दैनिक हजारौं नेपाली खाडी मुलुक गइरहेका छन् । यातायातमा सिण्डिकेट, सहकारीमा देखिएको बेतिथि र सरकारी निकायमा भएको बिचौलियाको बिगबिगीतर्फ पनि प्रधानमन्त्री प्रचण्डको ध्यान केन्द्रीत हुन सकेको छैन् । मुलुकमा अपराधका घटना ह्वात्तै बढेको छ । दिनदहाडे चोरी हुन थालेको छ । बाटोमा हिँड्न पनि डरमर्दो भएको छ ।

गरिबीको कारणले मान्छेले आफ्नै ज्यान लिन थालिसकेका छन् । हालै मात्र एक जनाले वीर अस्पतालको छतबाट हाम्फाले । केही समयअगाडि संसद् भवनअगाडि एक जनाले आत्मदाह गरे । तैपनि सरकारको आँखा खुलेको छैन् । यत्रो घटना घट्दासमेत सरकारले जनताको अवस्था बुझ्न सकेन् । प्रधानमन्त्री कार्यालय र सरकारी कार्यालयमा आफ्नो फोटो झुण्ड्याउने मात्र त प्रधानमन्त्रीको काम होइन्, होला नि ?

जनता अल्मलाउने खेल मात्रै भइरहेको छ । भटाभटी काम गर्नुको साटो प्रधानमन्त्री प्रचण्ड उद्घाटनमै व्यस्त छन् । कार्यक्रममा गएर भाषण ठोकेर र फुलमाला लगाएर देश विकास हुन्छ ? केही दिनअघि प्रचण्डले भनेका थिए,‘बर्खा सकिएपछि म लाखौं जनता सरकारको पक्षमा सडकमा उतार्छु ।’ आफूले काम गर्न नसकेको त मूल्याङ्कन त उनले पनि गरेका छन् ।

केही समयअगाडि उनले वालुवाटारमा मिडियाका सम्पादकहरु बोलाएर मख्खन लगाउने काम पनि गरेका थिए । देशमा यत्रो बेतिथि छ तर, प्रचण्ड सरकार टिकाउनमै व्यस्त छन् । यही पारा रह्यो भने उनलाई अर्को चुनावमा गाह्रो पर्ने देखिन्छ । उनले एमाले अध्यक्ष ओलीको अवस्थाबाट पनि केही कुरा सिक्नुपर्ने थियो । विडम्बना, सिकेनन् । ओलीले गरेको कामको प्रतिफल त पूरै पार्टीले भोगेको छ ।

ओलीकै कारणले एमालेलाई ठूलो धक्का लाग्यो । आफ्ना सांसदलाई विपक्षीलाई अरिंगाल जसरी टोक्नु भनेर सिकाउने, सडकमा कार्यकर्ता ओइराउने, सम्पादकलाई वालुवाटार बोलाएर आफ्नो पक्षमा लेख्न भन्ने, राज्यको ढुकुटीबाट तीजको कार्यक्रम गर्ने, दुईपटक सांसद विघटनलगायतका ओलीको कामले एमाले नै अप्ठेरोमा पर्यो । सर्वोच्च अदालतले प्रधानमन्त्रीको पद खाइदिएपछि २०७८ असार २९ गते ओली वालुवाटारबाट निस्किए ।

बालकोट जाँदासम्म महेश बस्नेतले ओलीलाई छेकबार गरेर बाँजागाँजासहित लगेका थिए । तर, त्यसले केही फरक पारेन् । जति नै र्याली निकालेपनि जनताले हेर्ने त काम हो, जुन ओली नेतृत्वको सरकारले गरेन् । यहाँबाट प्रचण्डले पाठ सिक्न जरुरी छ । एउटा व्यक्तिको कारण पूरै पार्टीलाई नै क्षति पुग्न सक्छ । जति नै सीट ल्याएपनि प्रचण्डले प्रधानमन्त्री खाएका छन् ।

मौका दोहोर्याइ तेहेर्याइ आउँदैन्, त्यसैले पाएको बेलामा काम गरेर देखाइहाल्नुपर्छ । भनिन्छ नि, मौकाको सदुपयोग गर्न सकेमा मात्र मान्छे अगाडि बढ्छ । उनले मौका पाएका छन्, काम गरेर देखाउनुपर्यो । उनले काम गरेर देखाए भने अर्को चुनावमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्न सक्छ । काम नगर्ने र भाषण मात्र ठोक्ने हो भने अर्को चुनावमा माओवादीको अस्तित्व नै हराउन सक्छ ।

देश भ्रष्टाचारको जालोमा जेलिएको छ । विकासको गति त हामी सबैले देखिराखेका छौं । देशमा रोजगारी नपाएर विदेश जान खोज्नेहरु समेत ठगिएको अवस्था छ । म्यानपावर, कन्सल्टेन्सीहरुले ठग्दै आएका छन् । खाडी मुलुक जानका लागि पनि मोटो रकम तिर्नुपर्ने बाध्यता छ । तर, प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्री, विभाग, कार्यालयलाई यसको अनुगमन गर्न निर्र्देशन दिँदैनन् ।

प्रधानमन्त्री प्रचण्ड सवारी भएको गाडी साइरन बजाएर स्पिडमा गुडेको हुन्छ । त्यही रफ्तारमा काम गरिदिने हो भने यहाँ विकासको मूल फुट्छ । बाटोमा चाँहि के के न भएजसरी गाडी गुडाउने अनि वालुवाटारमा चिया खाएर बस्ने हो भने के औचित्य ? बाहिरी ढोंग नरचेपनि हुन्छ । नेपाली जनताले सरकारसँग त्यस्तो ठूलो केही मागेका छैनन् । आफ्नो हकअधिकार मागेका छन् ।

विकास, छिटोछरितो सेवासुविधा मागेका छन् । तर, सरकारले त्यो पनि दिन सकेको छैन् । सरकारमा बसुञ्जेल केही नगर्ने अनि निस्किसकेपछि काम गर्न दिइएन् भनेर गुनासो गर्ने, अर्को पार्टीमाथि आरोप थुपार्ने । काम गर्ने मान्छेको अगाडि विभिन्न बाधा आइपुग्छन् । त्यो चिरेर काम गर्नुपर्ने हुन्छ । आफू काम गर्ने क्षमता नै छैन् भने अरुमाथि आरोप लगाएर मात्रै हुन्छ ।

जनताले कामको मूल्याङ्कन गरिराखेका हुन्छन् । काम गर्नेहरुको मरेर गएपनि चर्चा भइरहेको हुन्छ । यसको उदाहरण त थुप्रै छन् । २०७० देखि २०७९ सालसम्म चुनाव जितेको क्षेत्रमा गगन थापाले केही गरेनन् । एउटा ढलसमेत उनले निकालिदिएनन् । काठमाडौं महानगरपालिकाका मेयरले त्यहाँ डोजर लगेर ढल निकालिदिए । जनता खुसी भए । सामान्य काम गर्नसमेत थापाले जनतालाई झुल्याएर राखे ।


प्रचण्ड बाध्य भएर गरेका काम, योजना र अरुका लागि काम जन्तालाई भुल्याए ।
– भुटानी शरणार्थी प्रकरण अमरिकाको दवावमा खोल्न बाध्य भए ।
– ललिता निवास नेपाल र भट्टराई सुनपानी छर्किन फाइल खोतले ।
– १०० किलो सुन मादीको दवावमा समात्न बाध्य भए ।
– हालै चिनबाट जारी नक्सको उपहार, तातो पानी नाका खुलाएर विरोधको मनधन ।

प्रधानमन्त्री प्रचण्डले अब भिन्दै काम गरेर उदाहरण बन्नुपर्यो । अरुले थालेको कामलाई निरन्तरता दिने अनि के के नगरे भनेर मख्ख नपर्दा पनि हुन्छ । जनताले महसुश गर्नेगरी काम गर्नुपर्यो । भ्रष्टाचारको नयाँ फाइल खोल्ने आश्वासन दिएको महिनौं बितिसक्यो तर खोलेको होइन् । भन्ने होइन्, गर्ने हो । मीठा कुरा गरेर मात्र भएन् नि । सर्वसाधारणले प्रचण्डमाथि औंला ठड्याउन थालिसकेका छन् ।

अहिले पनि उनी पार्र्टीगत रुपमा हिँडिरहेको स्पष्टै देखिन्छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा उनले बोलेका कुरा त जनताले मूल्याङ्कन गरेका छन् । प्रधानमन्त्रीले दिन कटाउने र मानो पचाउने काम गरिरहेका छन् । अन्य पार्टी रिसाउन् या आफ्नो पद जाओस्, काम गर्न त खोज्नुपर्यो । अनि पो जनताले काम गर्न खोज्दाखोज्दै निस्किए, भन्छन् । जहाँ पनि ‘गर कि मर’ को स्थिति हुन्छ । सक्ने भए गर्ने, नसक्ने भए पद त्यागेर हिँड्ने ।

पूराना नेताहरु पटकपटक प्रधानमन्त्री पद खाइरहने अनि जहिले जनता मर्नुपर्ने ? उनीहरुको असक्षमताको भारी जनतालेकहिलेसम्म बोक्ने ? अब पनि जनता चुप लाग्ने कि विरोध गर्ने ?