
काठमाडाैँ । अपांगता (फरक क्षमता) भएका तिल बहादुर कार्की काठमाडौं गोकर्ण स्थित संयुक्त एकता अपांग आवाज केन्द्र नामक बाल गृहका संस्थापक अध्यक्ष हुन्। उनकाे समाज सेवामा लागेका कार्की बिभिन्न देश तथा स्वदेशमा सम्मानित भएका छन् । हाले दुबैमा भएकाे अतराष्टिय अवार्डमा नेपालबाट प्रथम समाजसेवी अवार्ड लिन सफल भएका हुन् ।
(फरक क्षमता) भएका तिल बहादुर कार्की
तिल बहादुर कार्की अपांग भएका कारण उनी पाँचथरबाट सानैमा आमा सहित घर निकालामा परेका व्यक्ती हुन । सानै उमेरमा घर छाडेर निस्किएका थिए ।

उनकै शब्द सापटी लिने हो भने अपांग भएका कारण उनी पाँचथरबाट सानैमा आमा सहित घर निकालामा परेका व्यक्ती हुन । आफ्नै पिताबाट घर निकालामा परेका उनले ९ बर्षको उमेर देखी पशुपति आर्यघाटमा २५ बर्षसम्म मगन्ते जीवन बिताए ।
त्यसरी २५ बर्षसम्म आँफै वेवारिसे बनेका उनले आफुले मागेर संकलन गरेको ५ लाख बाराबरको रकमबाट संस्था दर्ता गरेर बाल गृह संचालनमा ल्याए । करिब ६ रोपनी क्षेत्रफल जग्गा भाडामा लिई उनले बाल गृह संचालन गर्दै आएका छन् ।
उनका अनुसार हाल उनको बाल गृहमा असहाय, अपाङ्, बाबु आमा कैद भुक्तान गर्दै गरेका बन्दीका छोरा/छोरी आदी पृष्ठभुमी बोकेका ४८ जना बालबालिकाहरु संरक्षित छन् ।
यस अर्थ ४८ जनाका अभिभावक पनि हुन उनी । एकै साथ ४८ जनाको गाँसबास र कपाससँगै शिक्षा-दिक्षा, स्वास्थ्य आदीको दायित्व बोक्न पक्कै पनि सहज छैन् ।
- आखिर उनले कसरी यो दायित्व उठाउदै आएका छन् त ?
- उनको जीवनको टर्निङ् पोईण्ट के थियो वा रह्यो ?
यसरी शुन्यताबाट माथि उठेका मनका धनी कार्कीको जीवनलीला र बालगृह बारे चियोचर्चो गर्ने प्रयास आजको श्रिँखलामा गरेका छौं ।
संयुक्त अपांग एकता आवाज केन्द्रका ५७ जना अनाथ बालबालिकाका लागि माल्टामा आर्थिक सहयोग संकलन भएको छ। अभियान सञ्चालन गरेर १ लाख ७५ हज़ार रूपैयाँ संकलन भएको थियो। ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यका साथ पाँच सदस्यको अगुवाईमा उक्त रकम सङ्कलन भएको हो। यसका लागि संचारकर्मी छेसाङ लोप्चन (अशिम) ले संयोकत्वको भूमिका निर्वाह गरेका थिए।
रकम संकलनका लागि सञ्चारकर्मी लोप्चनसँगै तेजबिक्रम खडका, सन्तोष पाठक, सञ्चारकर्मी एलिस राज सन्जेल र पासाङ रुम्बा तामाङले सक्रिय भूमिका खेलेका थिए।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्र मा ५७ जना बालबालिका छन् । उक्त रकम केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीलाई हस्तान्तरण गरिएको थियो।
Like this:
Like Loading...
Related