
काठमाडाैँ । महानगरीय वृत्त बौद्धका प्रमुख डिएसपी राजु पाण्डेलाई संयुक्त स्वागत गरिएको छ । हिजो आइतबार गोकर्णेश्वर नगरपालिकाको वडा नं-५ को सभा हलमा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । गोकर्णेश्वर नगरपालिकाको वडा नं ५ र ६ को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं-५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा गो.न.पा वडा नं-६ का वडा अध्यक्ष नवराज लामा प्रहरी वृत्त बौद्ध प्रमुख राजु पाण्डे रहेका थिए । त्यस्तै विशेष अतिथिहरूमा ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख लेखनाथ मैनाली,पुर्व प्रहरी निरीक्षक रमेश सुवेदी रहेका थिए।
त्यसैगरी कार्यक्रममा वडा सदस्यहरु,धर्म थिङ लामा,श्री योगी,कमला नेपाली,बच्चुराम शर्मा कुइँकेल,बसन्ती नगरकोटी,मञ्जु पुडासैनी,प्रेम बहादुर खड्का,सामुदायिक सेवा केन्द्र जोरपाटीका वरिष्ठ उपाध्यक्ष बिजय लामा,उपाध्यक्ष राम चन्द्र खड्का,नेपाल अपांग संघका अध्यक्ष साम्देन लामा,वडा नं-५ का वडा सचिव झलक भट्टराई,प्रहरी चौकी जोरपाटीका इन्चार्ज राजदेव प्रसाद यादव लगाएत स्वयंसेविकाहरु तथा विभिन्न राजनीतिक दलका प्रमुखहरु,नेपाल प्रहरी,समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा भर्खरै मात्र सरुवा भएर आएका महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख राजु पाण्डे र ट्राफिक प्रहरी प्रमुख लेखनाथ मैनालीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको थियो। प्रहरी नायब निरीक्षक पिताम्बर पराजुलीद्वारा संचालित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं-६ का वडा अध्यक्ष नवराज लामाले स्वागत मन्तव्य राख्दै सबैलाई स्वागत गरेका थिए।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख राजु पाण्डेले आफु जागिर खाएर पेन्सन पकाउन मात्र नआएकोले भन्दै जनताको शान्ती सुरक्षा र अमनचैनका लागि कुनै राजनीतिक दलको दबाब र प्रभावमा नपरी काम गर्ने बताएका थिए। यसैगरी कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष नारायण बहादुर सुवेदीले बौद्ध प्रहरी प्रमुखको रुपमा राजु पाण्डे आएपछि यहाँको शान्ती शु-ब्यबस्था र नागरिकका हरेक समस्या र समाधानमा सकारात्मक भुमिका वनर्वाह गर्नेमा विश्वस्त रहेको बताउदै जनप्रतिनिधि र स्थानीयको तर्फबाट पुर्याउनुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रमको समापन गरेका थिए ।