पीआईएको निजीकरण द्रुतमार्गमा गर्न पाकिस्तानी प्रधानमन्त्रीको निर्देशन

एजेन्सी । कार्यवाहक पाकिस्तानी प्रधानमन्त्री अनवर उल हक कक्कडले यात्रुलाई भरपर्दो सेवा उपलब्ध गराउन पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को निजीकरण प्रक्रिया द्रुतगतिमा पूरा गर्न निर्देशन दिएका छन् ।

बिहीबार इस्लामावादमा पिआइएको निजीकरण प्रक्रियाको समीक्षा गर्न बसेको बैठकको अध्यक्षता गर्दै उनले राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मापदण्डलाई ध्यानमा राखी प्रक्रियालाई तिब्रता दिन सरोकारवालालाई आग्रह गरे ।

अनवर उल हक कक्कडले यस निजीकरणसँग सम्बन्धित विषयको तत्काल समाधान खोज्न सरोकारवाला सबैलाई निर्देशन दिए ।