
काठमाडौँ । तीन दिनदेखि काठमाडौंका सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले शुक्रबार पनि आन्दोलनलाई जारी राखेका छन् । सडक आन्दोलनकै क्रममा शिक्षकहरु नाचगान गरेर रमाइलो गरेको पाइएको छ । आज माइतीघरमा जम्मा भएर उनीहरुले बानेश्वरसम्मको सडकमा शिक्षा विधेयकको खारेजी माग गर्दै नाराबाजी गरेका छन् ।

सरकारले भाद्र २७ गते संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका हुन् ।
शिक्षक आन्दोलनकै कारण बिहीबारदेखि २७ हजार सामुदायिक विद्यालयका साढे ५३ लाख विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । शिक्षकहरुले स्थानीय तह मातहत बस्न अस्वीकार गर्दै पेशागत हकहित, सुरक्षा र सम्मानका माग अघि सारेका छन् ।
