३० हजार अतिरित्त फाइदा पाइने लेभनिङको दशैं स्कीम

काठमाडौं । दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दशैं स्कीम सार्वजनक गरेको हो । लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता नेपाल मोटर्सले एक्सचेन्जमा फोकस भएर दशैं स्कीम ल्याएको हो ।

कम्पनीले दशैं स्कीम अन्तर्गत ब्याज नलाग्ने स्कीम तथा विभिन्न एशोसरिजहरु निःशुल्क उपलब्ध गराउने भएको छ । यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुट समेत पाउने कम्पनीले जनाएको छ । लेभनिङको दशैं स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् । एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्याङ्कन दिने बताएको छ ।

यो योजना अवधि भरमा ग्राहकले लेभनिङको शोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रीक स्कुटर जित्न सक्नेछन् । कम्पनीले ल्याएको यो स्कीम लेभनिङको नेपाल भर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ । लेभनिङका स्कुटरहरुमा वस्च ब्रान्डका मोटर तथा एलजी तथा सामसङका ब्याट्री पाउन सकिन्छ । कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टि उपलब्ध गराउँदै आएको छ ।

%d