
एजेन्सी । म्याग्दी जिल्ला घर भई हाल पाेर्चुगलमा वस्दै आउनु भएका वाेकिल के.सी. एक समाजसेवीका रुपमा चिरपरिचितच हुनुहुन्छ । नेपाल देखि विदेशी भुमिमा रहेर पनि समाजसेवालाई अग्रपंतिकारुपा आफुलाई स्थापित गर्नु आफैमा एक कडि हाे ।

म्याग्दीमा जन्मिनुभएका के.सी. अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमानदार, नैतिकवान, क्षमतावान र देशभक्त युवानेता तथा समाजसेवी हुनुहुन्छ । के.सी. को पारिवारिक मुख्य पेसा कृषि तथा पशुपालन थियो । उहाँ पारिवारिक पेशालाई थप विस्तार गर्दै त्यसलाई सहयोग र त्यसमा इँटा थप्ने काममा सदैव लागिरहनु भयो । उहाँ कृषिमा जति सक्रिय हुनुहुन्थ्यो त्यति नै समाजसेवा तथा रानितिकमा पनि आपुलाई स्थापित गर्दै आई रहनुभयो ।
विदेशी भुमिलाई आफ्नो कर्म भुमि बनाएर धेरै नेपालीहरुलाई सहयोग गर्नै आउनु भएको छ । नेपाली जनसंपर्क समिति पोर्तुगलकाे सभापती, मोना पोर्तुगलका सल्लाकार, नेपाली कांग्रेस महासमिति सदस्यका रुपमा राजनितिक यात्रामा हुनुहुन्छ । पोर्चुगलमा व्यावसाय सञ्चालन गर्दै आउनु भएका के.सी. एक युवा व्यवसायले चिरपरिचित हुनुहुन्छ ।
नेपाली जनसंपर्क समिति पोर्तुगलले उक्त भेटका क्रममा समितिले पोर्तुगलको समेत जिम्मेवारी हेर्ने पेरिस स्थित नेपाली दुतावासले विज्ञप्ती जारी गरि राहदानी नविकरण र नयाँ राहदानी बनाउन स्वयम् उपस्थित हुनुपर्ने नियम ल्याएको प्रति ध्यानाकर्षण गराएको थियाे । पोर्तुगल प्रवेश गरिसकेपछि कम्तिमा अस्थायी अनुमतिपत्र लिने प्रकृयामा रहेकाहरुलाई पेरिससम्म जान नसक्ने अवस्था रहेकोले उक्त प्रावधान हटाउन जोड उहाँ के.सीकै नेतृत्वले माग गरेकाे थियाे । नेपाली जनसंपर्क समिति पोर्तुगलले पूर्व परराष्ट्रमन्त्री डा. नारायण खडकालाई भेटी पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीले खेप्दै आएको राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न आग्रह गर्नु भएकाे थियो । समितिका सभापति वकिल केसीको नेतृत्व मण्डलले त्तकालिन मन्त्री खडकासँग भेटघाट गरि उक्त आग्रह गरे पस्चात अहिले काम सहजिकरण र सहज भएको छ ।

हालै नेपाली वंशज नागरिक संघको केन्द्रिय समितिको वैठले यस सघको केन्द्रिय सदस्यका रुपमा मनोनित गरेको छ । समाजसेवी के.सी.लाई उहाँले समाजसेवामा देखाउनु भएको सार्ताले नै मनोनित गरेको संस्थाका संयोजक योगेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।