उपसभामुख रानाको गैरकानूनी कार्यको भण्डाफोर गर्ने पत्रकार ढुंगानालाई निस्कासन गरेकोप्रति प्रेस चौतारीको आपत्ति

काठमाडौं । स्पेस फोरके नामक टेलिभिजनले पत्रकार सुमन ढुंगानालाई निस्कासन गरेप्रति नेकपा (एमाले) निकट पैस चौतारी नेपालले आपत्ति जनाएको छ । चौतारीका महासचिव हिरामान लामाले बुधबार एक विज्ञप्ति जारी गरी श्रमजीवि पत्रकार ढुंगानालाई उक्त टेलिभिजनले श्रम ऐन साथै विद्यमान करार सम्बन्धी ऐन विपरित मौखिक रुपमा मिति २०८० भदौ २७ गतेदेखि निस्कासन गरेको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ – ‘पत्रकार ढुंगानाले नेपाल बाल संगठनभित्रको  अनियमितता र बाल संगठनका पदाधिकारी स्वयमले बालबालिकाको अहित हुने कार्य गरेको साथै प्रतिनिधिसभाका बहालवाला उपसभामुख विगतमा संलग्न रहेको संस्थाले समेत बालबालिकाको अहित हुने कार्य गरेकोबारे तत्कालिन नेपाल सरकारले बनाएको उच्चस्तरीय जांचबुझ आयोगले तयार पारेको छानविन प्रतिवेदन, नेपाल बाल संगठनको वर्तमान नेतृत्वको आधिकारीक भनाई, बाल कल्याण परिषद्ले विभिन्न सरोकारवाला व्यक्तिसंग लिएको बयानलगायत अन्य प्रमाणका आधारमा आधारित रही कार्यक्रमको प्रोमो समेत प्रशारण भएको आम नागरीकले जानकार रहेको विषय हो । त्यसपछि एकाएक प्रशारण भएको प्रोमो हटाउने र कार्यक्रम निर्माण गर्न नदिने मनसायले मौखिक रुपमा पत्रकार ढुंगानालाई पदमुक्त गरेकोमा प्रेस चौतारी नेपाल
भर्त्सना गर्दै प्रेस तन्त्रता विरोधी गतिविधिको भण्डाफोर गर्न अपिल गर्दछ ।’

हेर्नुहोस् यस्तो छ विज्ञप्ति

पत्रकार ढुंगानाले हाल प्रतिनिधिसभाको सभामुख रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ इन्दिरा राना मगर बालबालिका गायब गरेको विषयमा समाचार सामाग्री तयार पारेका थिए । उक्त समाचार सामाग्रीको प्रोमोसमेत प्रसारण भएको थियो भने पछि सामाजिक सञ्जालहरुबाट उक्त प्रोमो हटाइएको थियो ।

टेलिभिजनले ढुंगानालाई सेवाबाटै हटाएर एक्लुसिभ समाचार भनेको भिडियो हालसम्म प्रसारण भने गरेको छैन ।

सोमबार काठमाडौंको जमलमा एक कार्यक्रमको आयोजना गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उक्त प्रोमो प्रसंग निकाल्दै पत्रकारहरु त्यसरी प्रोमोमात्र बनाएर बिक्ने गरेको आरोप लगाएका थिए । उनले मुलधारका भनिएका सञ्चार संस्थाहरुले जनताको आवाज नबोल्ने बरु दलाली गर्ने भन्दै अबको नेपाल युट्युबरले बनाउँने दाबीसमेत गरेका थिए ।

प्रसाईंले त्यस्तो आरोप लगाएपछि पत्रकार ढुंगानाले सामाजिक सञ्जाल मार्फत उक्त कार्यक्रमको प्रोमो सार्वजनिक गर्दै कार्यक्रम प्रसारण नहुनुमा गल्ती भएकै हो भनेर उल्लेख गरेका छन् । यद्यपी, उनले आफू मिडिया बिकेको भन्नेबारे जानकार नरहेको र दालमा केही कालो रहेको भन्दै प्रोमो डिलिट गरिएको र कार्यक्रम प्रसारण नभएकोबारे टेलिभिजनसँग सोध्न सुझाएका छन् ।

%d bloggers like this: