
१२ भदाै, काठमाडौँ । भारतीय बजारमा कार उत्पादन गर्दै आएका अधिकांश ब्राण्डले ईभी उत्पादनमा आक्रमक रणनीति बनाएका छन् । विशेषत भारतीय ब्राण्ड टाटाले नेतृत्व गरिरहेको ईभी बजारमा अब धेरै ब्राण्डले प्रबेश गर्ने भएका हुन् । अहिले भारतमा कार उत्पादन गर्ने कम्पनीहरु मध्ये टाटा, महिन्द्रा, एमजी र सिट्रोनले मात्रै ईभी उत्पादन थालेका छन् । यी चर ब्राण्ड बाहेक अन्य ब्राण्डले भारतमा ईभी ल्याएका छैनन् ।

अहिले भारतमा टाटाले नेक्सन, टिगोर र टियागो ईभी उत्पादन गर्दै आएको छ । अब कम्पनीले चाँडै पन्च, कर्भ र ह्यारीयर ईभी बजारमा उतार्दै छ । यी तीन मोडल बजारमा आएसँगै टाटाले आफ्ना लगभग सबै मोडललाई पेट्रोल, डिजेल र ईभीमा ल्याउने छ ।
महिन्द्रा भारतमा पहिलो ईभी उत्पादन गर्ने ब्राण्ड हो । कम्पनीले सन् २०१० ताका नै ईटुओ मोडल उत्पादन गरेको थियो । तर, अहिले कम्पनीसँग अहिले एक्सयूभी ४०० मोडल छ । उक्त मोडल भारतमा नेक्सनपछि राम्रो बिक्री हुने इलेक्ट्रीक एसयूभीमा पर्दै आएको छ । महिन्द्राले चाँडै एक्सयूभी ई ८ मोडल ल्याउने तयारी गरेको छ ।

यी सबै ब्राण्डले ईभी भारतमा उत्पादन थालेसँगै विद्युतीय कार बजार थप रोचक बन्ने छ ।
भारतीय बजारमा सबैभन्दा धेरै कार बिक्री गर्ने सुजुकीले पनि २०२४ मा पहिलो इलेक्ट्रीक एसयूभी ल्याउने घोषणा गरिसकेको छ । इभीएक्स नामबाट कन्सेप्ट देखाएको सुजुकीले जापानमा जारी टोकियो मोटर शोमा इभीएक्सको लगभग प्रोडक्सन मोडल देखाएर आफु ईभीको लागि तयार रहेको जनाएको छ । यो ईभी टोयोटाको व्याचमा पनि आउने बताइएको छ ।
भारतीय बजारमा दोस्रो स्थानमा रहेको हुन्डाईले २०२४ मा दुई नयाँ ईभी भारतमै उत्पादन गर्ने बताइएको छ । कम्पनीले माइक्रो एसयूभी एक्सटर र चर्चित क्रेटाको इलेक्ट्रीक भर्सन ल्याउने छ । अहिले भारत र नेपालमा हुन्डाईले कोरियामा उत्पादन भएको आयोनीक ५ र कोना बिक्री गर्दै आएको छ ।
रेनोले भारतमा नयाँ ईभी २०२४ भित्रै ल्याउने तयारी गरिरहेको छ । साथै, अहिले कोमेट उत्पादन गरेर ईभीमा हातहालेको एमजीले नयाँ माइक्रो एसयूभी उत्पादन गर्ने जनाएको छ ।
सिट्रोन इसी३ अहिले बिक्री हुँदै आएको मोडल हो । यसका अलावा बजारमा आउने क्रममा रहेका होन्डा एलिभेट इलेक्ट्रीक, किया सोनेट र सेल्टोस इलेक्ट्रीक छन् । यी सबै ब्राण्डले ईभी भारतमा उत्पादन थालेसँगै विद्युतीय कार बजार थप रोचक बन्ने छ । अटोमोवाइलबाट