
काठमाडौँ । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउनुहुँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको उल्लेख गर्नुभएको छ ।

यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकताअनुसार सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।
