
नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिनाशुल्क ईएमआई अभियान सुरु गर्ने भएको छ। यो साझेदारीसँगै नबिल क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट वस्तुहरु खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना ईएमआईमा रुपान्तरण गर्न सक्नेछन्।

नबिल बैंकले यस सहकार्यमार्फत क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरेको छ। ग्राहकहरुले कुनै अतिरिक्त शुल्क बिना नै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रुपान्तरण गर्न सक्नेछन्।
यस अभियानमा ग्राहकले ६ महिनासम्मका लागि अतरिक्त लागत विना किस्ता सुविधा पाउनेछन्। तत्कालका लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ।
यसका साथै नबिल बैंकले दराजको ११ः११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ। ग्राहकले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५ प्रतिशत नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छुटको सुविधा पाउने जनाइएको छ।

नबिल नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो। बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ।