यामाहा रे–जेडआर १२५ अव यूरोपेली बजारमा पनि

काठमाडाैँ । यामाहाले भारतमा उत्पादन गरेको स्कुटर रे–जेडआर १२५ यूरोप निर्यात हुन थालेको छ । सन् २०२१ देखी भारतीय बजारमा बिक्री हुँदै आएको मोडल नै यूरोप निर्यात हुन थालेको यामाहाले जनाएको हो ।

यूरोप निर्यात हुने सो स्कुटर मेट रेड र मिडनाइट ब्ल्याक गरी जम्मा दुई कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, कम्वाइन्ड ब्रेकिङ सिस्टम र साइड स्ट्यान्ड कट–अफ सिस्टम लगायत फिचर दिइएको छ ।

नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको रे–जेडआरमा १२५ सिसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन जडान गरिएको छ । जसको पावर ८ बिएचपी र टर्क १०.३ एनएम रहेको छ ।

साथै यसको अगाडी टेलिस्कोपिक फर्क र पछाडी सिंगल शक एब्जर्बर सस्पेन्न जडान गरिएको छ । स्कुटरको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक दिइएको छ ।

%d